Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, पुस २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

चिन्न नपाएको छोरो

वेदराज ढुंगाना `दोस्ती`

वेदराज ढुंगाना `दोस्ती`

gibl
gibl
gibl
gibl
वेदराज ढुंगाना 'दोस्ती'।
वेदराज ढुंगाना 'दोस्ती'।
Tata box 1
Tata box 1

उसकी आमा उसलाई हाईस्कूल पनि आफ्नो गाउँमा नभएको हुँदा टाढाको स्कूलमा लगेर भर्ना गरी डेरामा राख्न बाध्य भएकी थिइन्। उनका लागि त्यही छोरा सर्वस्व थियो।

आफूलाई पढ्ने चाह हुँदाहँदै पनि पढ्न नदिइ सानैमा विवाह गरेर डाँडा कटाएको तत्कालीन समाज र परिवारप्रति रुष्ट थिइन्। त्यसैले पनि छोराको पढाइका लागि उनी जुनसुकै मूल्य चुकाउन पछि परिनन्। हप्तैपिच्छे खर्च बोकेर छोरालाई पुर्याउन जानु उनको जीवनको साप्ताहिक कार्य थियो। तर त्यसमा उनी आफूलाई अहोभाग्य ठान्थिन्। जसोतसो स्कूल उतारिन् र साइन्स पढ्ने योग्यता राख्ने छोरालाई त्यही पढाएर प्रमाण पत्र तह पनि उतारिन्।

हसिलो मुहार भएको त्यो छोरालाई अब आफूले केही काम गरेर परिवारमा टेवा पुर्याउनुपर्छ भन्ने भावनाले छोप्यो वा थप योग्यता हासिल गर्न टाढाटाढा जानुपर्ने झन्झटले प्रश्रय पायो। उसले जागिरको सुरसार सुरु गर्यो।

समय बित्दै गयो हसिलो मिजासिलो व्यक्ति प्रेमको चक्करमा परेर कुनै स्कूलकी शिक्षिका लिएर हिँड्यो। हिँड्यो मात्र होइन बेपत्ता भयो। यता आमाको बेहाल हुन थाल्यो। कुनै ज्योतिषी रहेनन् उनले छोराको चिना लिएर देखाउन बाँकी। कुनै चिनेका मान्छे बाँकी रहेनन् छोराको खोजखबरीका लागि। कुनै नदीका तिर बाँकी रहेनन् खोज्नका लागि। कुनै डाँडापाखा भीरपहरा बाँकी रहेनन् हाडखोड बाँकी छ कि, कतै हत्या वा आत्महत्या पो भयो कि भनेर।

केटी मात्र होइन, भएभरका गरगहना र नगद सम्पत्ति लिएर भागेको आरोप लगाउनमै मस्त थिए केटीका परिवार र आफन्तजन। छोरो मत्याएर पालेकी भन्ने आरोप लगाउनेको पनि कमी थिएन। आफूलाई छोरो जिउँदो छ कि छैन भन्ने चिन्ताले बचेरा चोरी भएकी परेवीको जस्तो अवस्थाले दिनको दृश्य न रातको निद्रा भइरहेको छ।

दिन बिते, हप्ता बिते, महिना, वर्ष बिते, दुई वर्ष, चार वर्ष, १०, २० वर्ष बितिसके, अहँ! छोराको चिनुखुट केही पत्ता लागेन। बाघद्वारा लखेटिएको हरिणझैँ चिन्ताद्वारा लखेटिएकी लखेटिएकै छन्। आशाको त्यान्द्रो कतै फेला पर्दैन। जतासुकैबाट निराशाका सूचना मात्र आइरहन्छन्।  

बुढ्यौली लागिसक्यो। उसलाई देखेर मर्न पाए हुन्थ्यो भनिरहन्थिन्। घरमै बसेर त्यो जिउँदै छ होला त? भन्दै शंकालु मनलाई बलजस्ती थिच्दै र बिरालोले मुसो खेलाउँदै मारेझैँ छोरा भेट्ने इच्छालाई खेलाउँदै मार्दै दिन काट्नु उनको दिनचर्या भयो। यसरी नै चिन्तैचिन्ताले उनलाई छिट्टै मधुमेहले छोयो। स्मरणशक्ति हराउँदै गयो। डिमेन्सिया भयो।

Laxmi bank
Laxmi bank

के गर्दै छु? के गर्नुपर्छ? भन्ने छ्यानपहिचान हराउँदै गयो। अन्तमा अल्जाइमर्सले पूर्णरुपेण छोप्यो। शरीर धरमराउन थाल्यो। सिथिलता बढ्दै गयो। आफूलाई अहिलेसम्म पलपलमा साथ दिँदै आउने र पाल्ने छोरोलाई कहिलेकता चिनेँ भन्नुबाहेक नातिनातिना, बुहारी इष्टमित्र सबै को हो? अहँ, थाहा छैन।

यस्तै समयमा उही हराएको छोरो आइपुग्यो, तीस वर्षपछि। आमालाई देख्यो, आँखाभरि आँसु पारेर ढोग्यो। अनि उठेर आमा भनेर बोलायो। कुनै प्रतिक्रिया छैन। त्यसपछि बाध्य भएर मलाई चिन्नुभयो भनेर सोध्यो। आमाले अँ चिनेँ भनिन्। चिनेँ भनेर कुनै प्रतिक्रिया नदेखाउने आमा देखेर उ अचम्मित भयो।

Ncell
Ncell

'बाबु, आमा सन्चै हुनुहुन्छ?' आमाले सोधिन्। छोरो अकमक्क पर्यो। सोध्न बाध्य भयो उ अनि सोध्यो- 'म को हुँ र?'

आमाले भनिन्- 'तल्ला गाउँकी कान्छीको छोरो हौ नि, म चिन्दिनँ र? सधैँ भेट्न आइरहन्छौ। आमा सन्चै छन्?'

उसले आँखा हेरेर पनि केही देख्न सकेन। आफूले आमालाई भेटे पनि आमाले आफूलाई देख्न पाइनन्, आँखै अगाडि भएर पनि। पछुताउँदै अवाक् भएर आमालाई हेरिरह्यो, हेरिरह्यो एकटक।  

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १५:४१
सिफारिस
पेरिसडाँडामा केन्द्रीय सदस्यको भिड, यसरी लिए शपथ (तस्बिरहरू)
पेरिसडाँडामा केन्द्रीय सदस्यको भिड, यसरी लिए शपथ (तस्बिरहरू)
१७५ जनाले लिए समानुपातिक सूचीबाट नाम फिर्ता
१७५ जनाले लिए समानुपातिक सूचीबाट नाम फिर्ता
संस्थापनले विशेष महाधिवेशन पक्षको कुरा सुन्यो, जबाफ दिएन
संस्थापनले विशेष महाधिवेशन पक्षको कुरा सुन्यो, जबाफ दिएन
विशेष महाधिवेशनमा उपस्थितिका लागि मरेकाहरूको फेक डेटा ल्याइयो- कान्तिका सेजुवाल
विशेष महाधिवेशनमा उपस्थितिका लागि मरेकाहरूको फेक डेटा ल्याइयो- कान्तिका सेजुवाल
नीति र नेतृत्व दुवै फेर्न माग गर्दै बन्द सत्र बाहिर प्रदर्शन
नीति र नेतृत्व दुवै फेर्न माग गर्दै बन्द सत्र बाहिर प्रदर्शन
आज घोषणा हुने नेकपा केन्द्रीय कमिटीको आकार झन्डै २५ सय
आज घोषणा हुने नेकपा केन्द्रीय कमिटीको आकार झन्डै २५ सय
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

अबको उम्मेदवार रे ऊ!
खरिदार साबको चप्पल!
उसैका कुरा!
अब बदलिन तिमी बाँकी छ!
मानवताको मलामी बन्न सक्दिनँ!
के हाम्रो यो सम्बन्धलाई समाजले अनुमोदन गर्छ?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
सञ्जीव पोखरेल
रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस सञ्जीव पोखरेल
अमित ढकाल
कांग्रेसलाई एक जुगमा आएको एक दिन अमित ढकाल
केशव दाहाल
मलाई किन मनपर्छ विश्वप्रकाश र गगनहरू? केशव दाहाल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

मनीषमान श्रेष्ठ
जब रोगभन्दा ठुलो लडाइँ समाजसँग हुन्छ... मनीषमान श्रेष्ठ
National life inner
National life inner
भुषण दाहाल
'नैतिक शिक्षा' सँगै हाम्रा कक्षाबाट हरायो नैतिकताको पाठ! भुषण दाहाल
अर्जुन मोहन भट्टराई
बुढेसकालको सहारा श्रीमती, सन्तान कि सम्पत्ति? अर्जुन मोहन भट्टराई
गोविन्द पन्त
दागबत्ती दिनसम्म नफर्केका सन्तान भोट फेर्न फर्किएलान् त? गोविन्द पन्त

साहित्यपाटी

सुन्दर खड्का
अबको उम्मेदवार रे ऊ! सुन्दर खड्का
Hardik
Hardik
नरेन्द्रप्रसाद पोख्रेल
खरिदार साबको चप्पल! नरेन्द्रप्रसाद पोख्रेल
side bar 17- shivam inner
side bar 17- shivam inner
उद्धव देवकोटा
उसैका कुरा! उद्धव देवकोटा
धरणीधर अधिकारी
अब बदलिन तिमी बाँकी छ! धरणीधर अधिकारी

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP