Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, भदौ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

धितोमा छ  

अम्बिका न्यौपाने

अम्बिका न्यौपाने

कविता

                                                                               

मेरो जीवन भरको कमाइ,

सातधुर घडेरी धितोमा छ,

घडेरी धितो राखेर,

खोलेको खाजा पसल धितोमा छ ,

यही खाजा पसलको आर्जनले,

छोरा र छोरी पढाउने ,

मेरा सबै सपना धितोमा छ,

मेरो आमा र बुवाको,

बुढेसकालको सहारा बन्ने,

मेरा सबै चाहना धितोमा छ ,

मेरी पियारीलाई एउटा सारी ,

उपहार दिने मेरा सबै,

रहरहरू धितोमा छ ,

खाजा पसल खोलेको पन्ध्रदिन नबित्दै ,

सुरू भएको लकडाउन र कोरोनाको कहरले ,

मेरा सबै सपना र चाहनाहरू धितोमा छ ,

यो लकडाउनको अवधिमा निर्जिव बनेका ,

मेरा सपनाहरू ,

त्यसै त्यसै टोलाउन लागेको छ,

बाटामा हिँडेका केही फाट्ट फुट्ट,

मानिसहरूमा मेरा सपनाहरू

खोज्न थालेको छु,

मनमनै भन्छु हेरन यता म धितोमा छु ,

एक कप चिया पिइदेऊन म धितोमा छु ,

बैंकको ऋण तिर्नु छ ,

गाँसबास धान्नु छ ,

मेरो जीवनभरको कमाइ,

मेरो घडेरी धितोमा छ ,

हेर्दैनन् फर्केर कसैले,

पिउँदैनन् एक कप चिया,

मेरा सबै सपना मझेरी परेको छ,

ब्याज तिर्न प्रियाको मुन्द्री,

कानबाट झरेको छ ,

म हेर्दै छु ,

मन्दिरको धर्मशाला ,

किनकी बसाइँ सर्नु पर्ने छ ,

मेरो जीवनभरको कमाइ,

सातधुर घडेरी धितोमा छ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १२:४०
सिफारिस
प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता
प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता
अरू पार्टीका युवा नेतालाई पनि सुमनाको आग्रह– कि हट्नुस्, कि हटाउनुस्
अरू पार्टीका युवा नेतालाई पनि सुमनाको आग्रह– कि हट्नुस्, कि हटाउनुस्
सुमनाले भनेकी थिइन्– रविलाई 'पास', बालेन 'युवाहरूको आशा'
सुमनाले भनेकी थिइन्– रविलाई 'पास', बालेन 'युवाहरूको आशा'
'प्रचण्डकै नेतृत्वमा चुनावमा गए माओवादीले ठूलो क्षति ‍बेहोर्नुपर्छ'
'प्रचण्डकै नेतृत्वमा चुनावमा गए माओवादीले ठूलो क्षति ‍बेहोर्नुपर्छ'
के फागुन २१ को चुनावमा भोट हाल्न अब नाम लेखाउन पाइन्छ?
के फागुन २१ को चुनावमा भोट हाल्न अब नाम लेखाउन पाइन्छ?
रास्वपाभित्र लामो समयदेखि पाक्दै थियो सुमनाको असन्तुष्टि, उठाएकी थिइन् ६ प्रश्न
रास्वपाभित्र लामो समयदेखि पाक्दै थियो सुमनाको असन्तुष्टि, उठाएकी थिइन् ६ प्रश्न
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP