Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, फागुन १४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

तृप्त सपना

Nmb
Nmb
अस्मिता हुमागाईं

अस्मिता हुमागाईं

gibl
gibl
gibl
gibl
अस्मिता हुमागाई।
अस्मिता हुमागाई।
Tata box 1
Tata box 1

हरेक रात त्यही समय बौद्धनाथ स्तुपाको गेट छेउमा उभिएर प्रतिक्षा गर्नु प्रेमको पार्ट टाइम जागिर झै भएको थियो। नीतालाई धेरै मनपर्ने ठाउँ भएकाले होला सायद प्रेमको पनि पहिलो रोजाई त्यहि ठाउँ पर्थ्यो। नीता तोकेको समयभन्दा ढिला आईपुगेकोमा क्षमा माग्दै प्रेमलाई अंकमाल गरी।

सायद नीताको अंकमालको कमालले गर्दा होला प्रतिक्षा गर्दा उठेका रीसका आवेगहरु शान्त समुन्द्र झै स्थिर देखिन्थे। प्रेमले क्षमा यचनालाई सहर्ष स्वीकार गर्छ सधैको शनिबार झै बौद्धनाथको छेवैको एक कफि सपमा कफि खाँदै गफ सुरु हुन्छ। गफै गफमा प्रेमले झोलाबाट एउटा सुन्दर फूलको गुच्छा हातमा दिन्छ, उन्मुक्त हाँसो सहित नीताले फूलको गुच्छालाई आफ्नो नाकमा लगी फूलको सुगन्धलाई सुघ्दै फूल उपहार दिएकोमा भन्दा पनि फूलको मिठो सुगन्ध उपहार दिएकोमा कृतज्ञता व्यक्त गर्छे। प्रेम खुब हाँस्छ घत परेझैँ।

नीतालाई प्रेमको पक्ष्मल नसालु आँखा देख्दा सम्पूर्ण संसार नै प्रतिबिम्बित भएको भान हुन्छ, विस्तारै प्रेमको उन्मुक्त हाँसोको हाँस्य रसले मत्याउन थाल्छ। प्रेम नेपालीमा गहुँ गोरो वर्णको भने झै हिन्दीमा सावला रंगको थियो। प्रेम कहिले काँही आफ्नो नाडी नीताको नाडीसँग जोडेर तुलना गर्ने गर्दथ्यो र आफू नीताभन्दा गहुँ गोरो वर्णको भएकोमा खेद प्रकट गर्दथ्यो।

नीता प्रेमलाई खुशी पार्न सृष्टिका बहुमुल्य वस्तुहरुसँग तुलना गर्ने गर्थी। त्यसदिन पनि अरु दिन झै प्रेमलाई मयुरसँग तुलना गर्दै भन्छे, ‘प्रेम म तिमीलाई मयुरसँग तुलना गर्न मन पराउँछु किन थाहा छ? मयुरले आफ्नो सुन्दरता चिनेकै हुदैँन। पंख फिजाएर सबैलाई मोहित पार्ने त्यो मयुरले सुन्दरता आफ्नी प्यारी मयुरी तिर खोजी रहेको छ। मयुरीलाई जस्तो सुन्दारताको आखाँले नियालेर उसले आफैलाई पनि हेरेको छैन, त्यही भ्रममा त मयुर मयुरीको अघि-पछि घुमि हिँडेको हुन्छ।’

नीताको कुराले प्रेम फेरि पनि त्यही उन्मुक्त हाँसो सहित हाँस्दै भन्छ- 'कति प्रिय, मिठा साहित्यीक कुरा गर्छौ तिमी। मैले भेटेको केटी साथीहरुभन्दा फरक छौँ। त्यही भएर होला तिमीसँग समय बिताउन मलाई औधी मन पर्छ। तिमीसँग बस्दा समय कतिखेर गयो पत्तै पाउँदिनँ।' प्रेम र नीताको भेट्मा प्राय यस्तै खाले कुराकानी हुन्थे।

प्रेममा भएको सकरात्मक पक्षहरु र बौद्धिक विचारहरुले गर्दा प्रेम झन् सुन्दर देखिन्थ्यो। प्रेमको बौद्धिक विचारबाट नीता निकै प्रभावित भईसकेकी थिई। एक दिन नीता साँझपख छतमा टहलिदै बसिरहेकी थिई, त्यति नै बेला प्रेमको भाइबरमा कल आँउछ नीताले हतपत फोन रीसिभ गर्छे। प्रेम मलिनो स्वरमा बोल्दै भन्छ, नीतु बौद्ध आउन है कस्तो भेट्न मन लागेको छ, कफि खादै गफ गरौँला। नीताले घडि हेरी झम्के साँझ परिसकेको छ।

प्रेमको आग्रह टार्न खोज्छे, साँझको बहाना बनाउदै भटे्न केही अफ्ठ्यारो हुने कुरा व्यक्त गर्छे। प्रेमका जबरजस्त आग्रहको अगाडि नीताको केही लाग्दैन। घरसम्म छोडिदिने वाचा सहित बौद्धनाथ स्तुपासँगै जोडिएको हिमालयन जावामा भेट गर्छन। प्रेमले लगाएको नयाँ हाप पाइन्टलाई न्यू पिन्च भन्दै नीताले प्रेमको हातमा जोडले चिमोटी दिन्छे, दुबै खुब हाँस्छन। नयाँ हाप पायन्टले आर्कषक व्यतित्वको प्रसँग जोडिदिन्छ क्यापचिनोको सुर्कीसँगै गफ सुरु हुन्छ।

Premier
Laxmi bank
Premier
Laxmi bank

दिनैजसो भाइबरमा हुने कुरा कानिले कति खेर अधेरीलाई चिरी मिर्मिरे बिहानीलाई स्वागत गरी सकेको हुन्थ्यो पत्तै हुँदैन थियो। आत्मियताले सिमाना मिच्दै गईरहेको थियो, प्रत्येक हप्ता दिनमा भेट्घाट गर्ने वाचा तोडिदै जाँदै थियो। बौद्धको प्रत्येक लाफिङ पसलदेखि कफि सपसम्म अड्डा राम्रै जम्न थालि सकेको थियो।

पिरो लाफिङले छट्पटिदै चकलेट टोक्दै पानी मुखमा फुलाई प्रेम नीतासँग जिस्किन्थो, नीता प्रेमलाई देखेर खुब हाँस्ने गर्थी। स्तुपाको परिक्रमा गरि छेउको लस्करै राखेको बेन्च मध्ये कुन बेन्चमा बस्ने भनेर छान्न लागेको समय होस् वा बेलुकी पख स्कुटरमा हिलाम्मे बाटोमा बैद्धको वरिपरि परिक्रमा गर्दा बिताएको समय होस्, ती सबै प्रिय भएर सदैव नीताको मानसपटलमा बसि रहेको थियो।

Ncell
Ncell

एकदिन भाइबरमा प्रेमले बेलोडोना भन्ने प्रजातिको फूल पठाउँदै नीता तिमीलाई आजबाट बेलोडोना भन्छु है भन्दै म्यासेज गर्छ। नीताले किन भनेर प्रति उत्तर दिन्छे म्यासेज सिन थियो उत्तर आउन ढिला भईरहेको थियो। म्यासेज फेरि चेक गर्छे टाईपिङ देखाई रहेको थियो। नीतालाई धैर्य गर्न हम्मे-हम्मे भैरहेको अवस्थामा धेरैबेरपछि लामो म्यासेज आउँछ।

म्यासेजमा लेखिएको थियो- ‘तिमी बेलोडोना फूल जस्तै सुन्दर, प्रकृतिको एक उपमा हौँ, बोली हाल्ने, हाँसी हाल्ने, रीसाई हाल्ने तिम्रो चञ्चले स्वभाव नियालेर हेर्दा मैले बेलोडोना फूल झै जिवन्त पाएँ। बेलोडोना तिमी फूल झै रंगीन छौँ।’ नी

ताले म्यासेज धेरै चोटी पढि, आफ्नो लवजबाट शब्द खेलाई रहेकी थिइ बेलोडोना। नीतालाई बेलोडोना फूल जस्तै आर्कषक मनमोहक र फूल जस्तै पृथ्वीसँग घनिष्ट सम्बन्ध भएको महशुस हुन्छ। छतका गमलाहरुमा ढकमक फुलिरहेका फूलहरुलाई स्पर्श गर्छे, फूलहरुसँग कुरा गर्छे। फूलहरुले पनि नीताको भाषा बुझेर मुस्कुरायको जस्तो भान हुन्छ।

प्रशंसामा खुशी हुने आलोचनामा दुखी हुने मानवीय कमजोरी हो। नीताले त्यस कमजोरीलाई ढाकछोप गर्न नखोजेकी भने अवश्य होइन तर सकेकी थिइन। नीता प्रेमको म्यासेजले असाध्यै खुशी हुन्छे। नीतालाई लाग्छ मित्रता भनेको प्राकृतिक प्रेमलिला हो। प्रेमलिलामा खेलिने सबै प्रकारका खेलहरु सही हुन्छन, गलत त ती आँखाहरु हुन्छन् जसले आफू भित्रको खुशी मारेर, अरुका प्रेमील खुशीहरुलाई दफन गर्न खोज्छन्।

प्रेमको सम्बन्धबाट जुन पाठ सिक्ने मौका पाइन नीताले, त्यो पाठ संसाारका कुनै पनि विश्वविद्यालयहरुले सिकाउन सक्दैन होला। नीताले प्रेम प्रतिको मायालाई हृदयको भकारीमा अन्न सञ्चय गरे जसरी सञ्चित गरेर राखेकी थिई। प्रेमका राम्रा पक्ष मात्र हैन, नराम्रा पक्षहरुलाई पनि उत्तिकै प्रेम गर्ने गर्थी सायद हुन सक्छ प्रेम नीताको नजरमा खास थियो।

सपनीमा बर्बराइ रहेकी थिई नीता, श्रिमान जी कुइनोले धकेल्दै के भो, नीता किन बर्बराएको सपना नराम्रो देख्यौ कि क्या हो? भनेर झक्झक्याउदा झल्यास आँखा खुल्छ। मधुर भाषी, उही उन्मुक्त हाँसो, पक्ष्मल आँखाका लामो-लामो परेला, सूर्यमुखी फूल जस्तै फक्रिएका ओठ, नीताले सपनाको प्रेम, श्रिमान आफ्नै अगाडि देख्छेँ, सन्तोषले लामो स्वास फेर्छे अनि भावनाको कन्दरा भित्रबाट प्रेम मिश्रत आँखाले चियाएर हेर्छे।

श्रीमानको हृदयभरी ममताका भवसागरहरु उर्लिरहेका थिए। परिवारीक जिम्मेवारीहरुले महासागर तर्न तछाडमछाड गर्दै थिए। बेलोडोना फूलहरु भविष्यका बगैचालाई सप्तरंगी बनाउन केही कोपिला, फक्रिने अवस्थामा थिए। घडी हेर्छे बिहानको सात बजिसकेको हुन्छ, आफ्नो काम तिर लाग्छे।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १४:१२
सिफारिस
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
टी-२० विश्वकप २०२६ : सेमिफाइनल पुग्न कुन टोलीलाई के चाहिन्छ?
टी-२० विश्वकप २०२६ : सेमिफाइनल पुग्न कुन टोलीलाई के चाहिन्छ?
वानखेडेमा उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इन्डिजले बनाएका ७ कीर्तिमान
वानखेडेमा उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इन्डिजले बनाएका ७ कीर्तिमान
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

चिहानबाट बौरिँदा...
भैगो डिग्री पढ्दिनँ सरकार!
तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP