Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सुँगा

Nmb
Nmb
इन्दिरा दाहाल

इन्दिरा दाहाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

प्रकृतिले उमारिदिएको मेरो पखेटा
तिमीले काटिदिएका हौ
र जबरजस्ती पिँजडामा कोचेका हौ
मलाई कुनै आशक्ति थिएन तिमीसँग जोडिन
न त कुनै सन्तुष्टि,
उन्मुक्त प्रकृतिको विचरणमा
म रमाइरहँदा पासोमा पार्यौ
मेरो भाषा, मेरो संस्कार, तिमीले तोडिदियौ
र लाद्यौ जबरजस्ती मभित्र तिम्रो दर्शन।

तिम्रा सिद्धान्तका ठेली घोक्दा घोक्दा
मैले मेरो पहिचान बिर्सेँ,
तिमीले तौली तौली खटाएर दिएको
जुठो पुरोले मैले आफ्नो कर्म बिर्सेँ।
इच्छाको त के कुरा? मेरै आँखा अगाडि
मजस्तै मेरा प्रजातिको निर्मम हत्या हुँदा
मैले हाँस्ने कि रुने? प्रतिकार गर्ने कि खुसी मनाउने?
सम्झिँदा सम्झिँदै बिर्सेँ दुई थोपा आँसु
तिम्रा अगाडि झार्ने कि लुकाउने?

तिमीले भन्ने गथ्यौँ, समय बलवान् छ,
एक दिन हाम्रो जित हुनेछ,
मैले पनि दिग्विजयी हुने आशामा
उरालिरहेँ तिम्रो नारा, जस्ताको तस्तै
उही जोशमा, उही हाउभाउमा,
पखेटा फट्फटाएर, पञ्जा उठाएर।
चिच्याइरहेँ पछि पछि,
पिँजडा तोडिने झिनो आशा लिएर
समय बलवान् छ, एक दिन अवश्य हाम्रो जीत हुनेछ।

मैले तिमीसँग कहिल्यै तनखा मागिनँ,
मैले तिमीसँग कहिले सम्मान मागिनँ,
अनि मागिनँ प्राणको भिक्षा।
तिम्रा मतियारहरुले हतियार चलाएको निर्निमेश हेरिरहेँ,
र युद्धको नाममा विध्वंश मच्चाएको समयको एक प्रत्यक्षदर्शी बनेँ।
तिमीले मुठ्ठी उठाऊ भन्यौ
मैले मुठ्ठी उठाएँ,
तिमीले बन्दुक समात भन्यौ,
मैले बन्दुक समाएँ,
तिमीले पड्काउन आदेश दियौ,
मैले आँखा चिम्लेर पड्काएँ,
तर जब आँखा खोलेँ, मेरो अगाडि मैले
मैजस्ता स्वतन्त्र उडान भर्नेहरु
रगतपच्छे भएर निसश्वास लडिरहेको पाएँ।

दुस्मन म थिइनँ, तिमीले बनायौ
बिद्रोही म थिइनँ, तिमीले बनायौ,
आकांक्षी म थिइनँ, तिमीले भ्रम छरिदियौ,
मेरो निर्दोषपनमा विद्वेषको आगो सल्काएर
ए मान्छे किन मलाई घरको न घाटक‍ो बनायौ?

Premier
Premier

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १२:५१
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP