Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, माघ २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मालिक र बस्ती

Nmb
Nmb
इन्दिरा दाहाल

इन्दिरा दाहाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

मध्यरातमा झुपडीमा आगो लगाएर
तिमी मस्त निदाउँछौ कुम्भकर्ण झैँ
तिम्रा उडनदस्ता युद्ध जितेको उद्भासमा
मग्न भई उत्सव मनाउँछन्
तिम्रो उपस्थितिमा, तिम्रै इमारतमा।

बस्ती खरानी हुन्छ , जीवन उजाडिन्छ, सपना टुट्छन्,
बल्लतल्ल बसाएको घरसंसार
आँखै अगाडि खाग हुँदा,
झार्नका लागि आँसु पनि रित्तिन्छ आँखामा,
बोल्नका लागि शब्द पनि रोकिन्छ घाँटीमा,
तिमी कथित वर्गीय समानताको पुराण लगाएर
प्रसाद बाँड्छौ, उनै रित्तिएकाको आँसु र चित्कार।

मालिक, बस्तीका भोका नाङ्गाको आँखामा
सदियौँदेखि मडारिएको अभावको ज्वाला
तिमीले कहिल्यै देखेनौ,
लाग्छ तिमीसँग अभाव देख्ने आँखा छैन,
गुनासो सुन्ने फुर्सद पनि छैन
पीडा बुझ्ने मुटु पनि छैन,
सत्तालिप्साले तानिएको बेला
भोकाएको स्याल बनेर तिमी छिर्छौ बस्तीमा
र झुकेको अभिनय गछौँ।
बाँकी हरेक समय बस्तीका कर्मवीरहरुलाई झुकाउँँछौ
तिम्रो पाउमा।

बस्तीले तिमीलाई मत दियो,
मान दियो, सम्मान दियो, सलाम ठोक्यो।
आफू बाहिर पहरेदार भएर
तिमीलाई झुपडीको न्यानो काख दियो,
गाँस काटेर तिमीलाई तृप्त बनायो।
सिउँदोको सिन्दुर पुछेर, काख रित्याएर
इतिहासको कठ्घरामा आफूलाई उभ्यायो।
बदलामा बस्तीले काट्दैछ अनिदो रात
बस्तीले खप्दैछ असैह्य भोक,
बस्तीले भोग्दैछ असीमित पीडा।
र बस्तीले बिर्सिएको छ हाँस्न।

मालिक के पसिनाको मोल तिम्रो आश्वासनले तिर्न सक्छ?
भोकाएको पेट तिम्रो भाषणले भरिन सक्छ?
उजाडिएको बस्तीमा तिम्रो खोक्रो राष्ट्रवादले हरियाली फर्काउन सक्छ?
रित्तिएको काख, खोसिएको सिन्दुर फिर्ता दिन सक्छ?
जवाफ छ तिमीसँग यी प्रश्नहरुको?

Laxmi bank
Laxmi bank

मालिक तिमीलाई थाहा छ?
तिम्रो महलमाजस्तो झुपडीमा पर्दा हुँदैन,
पर्दाभित्रको ढाकछोप हुँदैन, गुटबाजी हुँदैन
र कालो चरित्र लुकाउन अँध्यारो चाहिँदैन।
हिउँ झैँ कञ्चन मन भएकाको बस्तीमा
तिम्रो आगमन मडारिएको आँधीबेहेरी जस्तै हुन्छ
र उडाएर गरिबका सपना निमेषमै
तिमी फर्किन्छौ आफ्नै इमारतमा महिसासुर बनेर।
फेरि बस्ती बगर हुन्छ, पानीको प्यासमा पर्खिरहने
फगत बगर।

Ncell

Ncell

त्यसैले मालिक, मेरो बिन्ती छ,
तिम्रा भष्मासुर पाइला गरिबको बस्तीमा नपरोस्।
बस्तीलाई बस्ती नै रहन देऊ,
जहाँ खुला धर्तीमुनि नाङ्गै आङले
हाँसी हाँसी कटाउन् दुःखका दिन
बाँडेर आधा मानो अन्न, टार्न सकून् दुःखका छाक
निथ्रियोस् आँखाको आँसु, सद्भावले, प्रेमले,
र मायाको अँगालोले,
अनि धुवाइरहोस् चिसो चुल्हो तिम्रो अहंकारलाई तोडेर जुनी जुनीसम्म।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १७:५७
सिफारिस
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
मुद्दा हालेर आफै बहस गर्न गइन् पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी
मुद्दा हालेर आफै बहस गर्न गइन् पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी
अब पोखरा आइराख्नु पर्दैन, बेनीबाटै चल्छ दिल्ली जाने बस
अब पोखरा आइराख्नु पर्दैन, बेनीबाटै चल्छ दिल्ली जाने बस
माइतीघरदेखि तीनकुनेसम्म यसरी बन्दैछ फुटपाथमै साइकल लेन (तस्बिरहरू)
माइतीघरदेखि तीनकुनेसम्म यसरी बन्दैछ फुटपाथमै साइकल लेन (तस्बिरहरू)
मुम्बईको विमानस्थलमा दुई जहाजको पखेटा आपसमा ठोक्कियो
मुम्बईको विमानस्थलमा दुई जहाजको पखेटा आपसमा ठोक्कियो
नेपाली बलिङका भरोसा लेगस्पिनर सन्दीप
नेपाली बलिङका भरोसा लेगस्पिनर सन्दीप
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ऊ त अरूकै श्रीमान् पाे रहेछ!
एउटै रंगको कथा: सिन्दूर!
नायकको खोजीमा!
धरहराबाट...
आखिर प्रेम र राजनीति एकै त रहेछ!
डाँडाको पिपलको रुख!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP