Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, कात्तिक २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

भोक

कृष्णमणि पराजुली

कृष्णमणि पराजुली

कृष्णमणि पराजुली।
कृष्णमणि पराजुली।

ए भोक आइदेन मेरो खाली पेटमा
मलाई तेरो नितान्त खाँचो छ
मेरा हातहरु कुँजि सकेका छन्
गोडाहरु लरबराउने भईसकेछन्

धर्तीलाई मलजल गर्न नपाएर
नङहरु चुच्चा भईसकेछन्
मलाई असाध्यै मन पर्ने ए भोक
म तेरै प्रतिक्षामा निरन्तर लागि रहेछु ।

भोक आईदिएको भए
नंग्रा खियाएर मलजल गरी दिन्थे
सगरमाथालाई पनि चुम्बन गरी दिन्थे
ठूला-ठूला पत्थरहरु पनि फोरी दिन्थे
भोक नभएकोले
मेरो दिमाग बोधो भएको छ
सबै कर्मेन्द्रीय सीथिल भईसके
ए भोक चाँडो आईदेन
मलाई तेरो असाध्यै खाँचो छ
असाध्यै खाँचो छ।

भोक नभएर भोक खोज्न
वाङ्दी हिमाल चढ्न थालेको छ
हर्कबहादुर हलो जोत्न हिँडेको छ
अनि मनसरी गिट्टी कुट्दै छे
बाटुली भारी बोक्दै छे
देउती सकि नसकि
उकाली ओराली गर्दैछे।

भोक खोज्नैको लागि
रामबहादुर मुग्लान् हानीएको छ
गोरे अनि धने खाडी धाईनै रहेछन्
बसन्त, अर्जुन र खगराजहरु
अमेरिका, बेलायत र जापानमानै
आफ्नो बुद्धि बेचिरहेछन्
केबल भोकको खोजीमा
केबल भोकको खोजीमा।

त्यसैले, ए भोक छिटो आईदेन
यहाँ त भोक नहुनेहरु अजिंगर जस्तै भईसके
उनीहरुले नखाएको कुनै चिजै छैन
सडक खाईसके
अस्पताल खाईसके
नदी माथिको पूल खाईसके
खोला नाला खाईसके
नदीहरु बेचीसके
मठ मन्दीर सबै खाईसके
खान नसकेको मेरो देश मात्र छ
त्यैपनि देशलाई क्षत बिक्षत बनाई सकेछन्
सबै अंग प्रत्यंग निश्किृय बनाई सके
त्यसैले, ए भोक तँ एक पटक मात्र भएपनि
मेरो देशमा आइदेन
मेरो कोटी-कोटी प्रणाम हुनेछ तलाई ।

जति खाए पनि कहिल्यै तृप्त नहुने
कस्ता अजिंगर जस्ता रहेछन् यिनीहरु
तेर्सो मोटाएर हलचल गर्न नसक्ने हुँदा पनि
कहिल्यै नअघाउने हेर्नै घिन लाग्ने थलथलेहरु
किर्ना मोटाए जस्ता फर्सिजस्ता डल्लेहरु
उडुस जस्तै गरी चुस्न पल्कनेहरुलाई
हाम्रा भोक खोज्ने पेटहरुले
यिनीहरुलाई छिटै लखेट्नु पर्नेछ
छिटै लखेट्नु पर्नेछ।
(लेखक पूर्व-उपसचिव हुन्।)

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १३:४८
सिफारिस
चीनले आजदेखि लागु हुने गरी हटायो अमेरिकालाई दुर्लभ खनिज निर्यातमा लगाएको प्रतिबन्ध
चीनले आजदेखि लागु हुने गरी हटायो अमेरिकालाई दुर्लभ खनिज निर्यातमा लगाएको प्रतिबन्ध
अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित
अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित
इसराइल हुँदै क्यानडा पुगे, बने 'फाइनान्सियल प्लानर'
इसराइल हुँदै क्यानडा पुगे, बने 'फाइनान्सियल प्लानर'
रास्वपाको १० बुँदे निर्णय- विचार मिल्नेसँग सहकार्य, निर्वाचनको ६ महिनाभित्र महाधिवेशन
रास्वपाको १० बुँदे निर्णय- विचार मिल्नेसँग सहकार्य, निर्वाचनको ६ महिनाभित्र महाधिवेशन
प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो बन्यो नेपाल!
प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो बन्यो नेपाल!
'एयरफिल्ड लाइटिङ सिस्टम' बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
'एयरफिल्ड लाइटिङ सिस्टम' बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
ज्ञानेन्द्र शाहीसँग बहसः राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा किन? अमित ढकाल
शंकर पोखरेल
२२ वर्षपछि फेरि सुरू भयो मेरो डेरा जीवन शंकर पोखरेल
गगन थापा
हामी सच्चिएनौं भने मागेर मात्र भोट पाउँदैनौं गगन थापा
अमित ढकाल
सिंगापुर पुगेर बदलिएका देउवा! अमित ढकाल

ब्लग

दुर्गा पौड्याल
१३ सयको सारी लगाउन कति दु:ख गर्नुपर्‍यो है! दुर्गा पौड्याल
जनक बराल
बा! सायद अब म नेपाल नफर्किन पनि सक्छु! जनक बराल
अर्जुन मोहन भट्टराई
‘सात वर्षपछि मलाई पनि एयरपोर्ट छोड्न आउनुपर्छ है बाबा!’ अर्जुन मोहन भट्टराई
अपार न्यौपाने
आफूलाई बुढो मान्न मन मान्दै मान्दैन! अपार न्यौपाने

साहित्यपाटी

मनोजकुमार कँडेल
व्यवहारको कसीमा नेतृत्व! मनोजकुमार कँडेल
हरिप्रसाद पोखरेल
मानवता बचाउने हतियार! हरिप्रसाद पोखरेल
आदर्श सिंह
सायद यसैलाई भनिन्छ अभागी! आदर्श सिंह
सुशिला शर्मा 'शिलु'
भ्रमित मान्छे! सुशिला शर्मा 'शिलु'

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP