Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, पुस १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

छोरी

रुपा थापा

रुपा थापा

रुपा थापा।
रुपा थापा।

यहाँ छोरी हुनुको अर्थ

आफ्नै मुटुको सिंगो पाटोलाई

चोइटा चोइटा पारेर बाच्नु पनि त रहेछ

यहाँ छोरी हुनुको अर्थ

फक्रिएपछि फूलका सुवासहरुलाई

पराई बगैँचामा छर्नु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

झरीपछि खुलेका ती आकाश झैँ

एउटा सुनौलो किरण बनेर

आफ्नै अस्तित्वमाथि प्रश्न गर्दै

मुस्कुराउनु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

हिउँसँगै पग्लिदै पग्लिदै

नदीमा मिसिए पछि हिउँझैँ विलयन भएर

आफ्नै अस्तित्वलाई सागरमा खोज्न नसक्नु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

जीर्ण त्यो बुढो घरलाई टेकोहरुले थामे झैँ

सिंगो पृथ्वीलाई हत्केलामा थाम्नु पनि त रहेछ।

आफ्नै पछ्यौरीमा अल्झिएका कुरोहरू टिप्दा टिप्दै

आफ्नै पाउमा बिझाएका काँडाहरू टिप्दा टिप्दै

आफ्नै ऐनाका सिसाहरुले टुक्रिएर बिझाएपछि

टुक्रा टुक्रा बनाएर जान्छ उनकै कलेजीलाई।

यहाँ छोरी हुनुको अर्थ

वर्षा याममा ओढेका ती घुमहरुसँगै

रुझेका आफ्नै परेलीहरुलाई लुकाएर

न्याउलीसँगै त्यो विरहको भाका सुसेल्नु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

अग्नि कुण्डमा दन्किरहेका ती अग्निहरूसँगै

आफ्नै हातका अञ्जुलीहरुले

आफ्नै अस्तित्वको दहन गर्नु पनि त रहेछ।

व्याधाहरुसँग पासोबाट फुत्कन नसकेको एउटा शिकारझैँ

जालमा छटपटाइरहेछिन् उनी

बगरमा आएर छट्पटाइरहेका माछी झैँ

छट्पटाउदै छिन् उनी फर्कनलाई विशाल त्यो सागरमा।

यहाँ छोरी हुनुको अर्थ

चुडिएका ती मोतीका दानाहरुलाई धागोमा उन्दा उन्दै

आफू भने त्यही धागोहरुसँगै चुडिदै जानु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

बत्ती झै बलेर प्रकाशका किरण छर्दा छर्दै

त्यही दियोमुनिको अँध्यारो छाया हुनु पनि त रहेछ।

यहाँ छोरी हुनुको अर्थ

आकाशबाट धर्तीमा झरेपछि

हराएका ती सयौँ ताराहरुजस्तै

एउटा सिंगो अस्तित्वको अन्त्य हुनु पनि त रहेछ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १२:४२
सिफारिस
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ?
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ?
'व्यवसायीहरू आफ्नो खुट्टामा उभिएर दौडिने क्रममा छन्, सरकार अवरोध बन्दैन'
'व्यवसायीहरू आफ्नो खुट्टामा उभिएर दौडिने क्रममा छन्, सरकार अवरोध बन्दैन'
सभापतिले नाम मात्रको कार्यवाहक दिनुभयो, शक्तिको अभ्यास आफैले गर्नुभएको छ: गगन थापा
सभापतिले नाम मात्रको कार्यवाहक दिनुभयो, शक्तिको अभ्यास आफैले गर्नुभएको छ: गगन थापा
नयाँहरू मिलेकै त राम्रो!
नयाँहरू मिलेकै त राम्रो!
काठमाडौं उपत्यकाको वैधानिक हैसियत के?
काठमाडौं उपत्यकाको वैधानिक हैसियत के?
'महँगो विदेशी फल देखेर यो के हो भन्थे, अहिले यहीँको उत्पादन छ बजारभरि'
'महँगो विदेशी फल देखेर यो के हो भन्थे, अहिले यहीँको उत्पादन छ बजारभरि'
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ? अमित ढकाल
रामेश्वर खनाल
'व्यवसायीहरू आफ्नो खुट्टामा उभिएर दौडिने क्रममा छन्, सरकार अवरोध बन्दैन' रामेश्वर खनाल
नारायण वाग्ले
नयाँहरू मिलेकै त राम्रो! नारायण वाग्ले
रूक्शना कपाली
काठमाडौं उपत्यकाको वैधानिक हैसियत के? रूक्शना कपाली

ब्लग

अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई
रमा शर्मा
अरे बाबा! रहर छैन नि घर छोडेर टाढा बस्न! रमा शर्मा
आरती लम्साल
हिमालको काखमा उभिएको साहस- मर्दी हिमालकी चियावाली कविता दिदी आरती लम्साल
भुवन मास्के 'मुस्कान'
यो सम्झिने मन छ... भुवन मास्के 'मुस्कान'

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
साथी! नरेन्द्रनाथ भट्टराई
सुशिला शर्मा 'शिलु'
एउटा परिचित योद्धाको अनन्त यात्रा! सुशिला शर्मा 'शिलु'
ढाकामोहन बराल
मासिएको बिउ! ढाकामोहन बराल
दिपक भट्ट (प्रकाश)
अब म सहन्नँ! दिपक भट्ट (प्रकाश)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP