Ncell
Setopati
x
Gyan
Setopati
x
Gyan
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, चैत ७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

म को हुँ?

Royal Enfield
Royal Enfield
सुरेन्द्र खरेल `सुबिन`

सुरेन्द्र खरेल `सुबिन`

चैत १३
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

'द हिमालयन टाइम्स'को 'थ्यान्क गड इट्स फ्राइडे' साह्रै रोचक लाग्थ्यो मलाई। शुक्रबारको बिहानी घरबाट पत्रिका लिने बहानाले घर नजिकको चिया पसलमा पुगेँ।

बहाना पनि सजिलो थियो पत्रिका लिने। जानुको फाइदा चिया पसलबाट दिनको पहिलो चिया साथमा देशविदेशको ताजा खबरदेखि फिल्म, राजनीति, कला, साहित्य, खेलकुद अनि आहिलेको ट्रेन्डिङ विचार टिप्पणी मजाले सुन्न पइन्थ्यो।

साथमा आफ्नो राय विचार पनि राख्न पाइने। धेरै नै मोहित बनाएको थियो यो चिया पसलले। त्यो दिनको मुख्य विषय शिवरात्री बारे रहेछ। ढिलो पुगेँ तर सजिलै थाहा पाएँ जोशी अंकलबाट।

उनले आफ्नो उमेरमा गर्ने शिवरात्रीको मातको कुरा गर्दै थिए। यता राम सर भने पशुपतिमा यो शिवरात्रीमा पहिलेको भन्दा धेरै बाबा आएको कुरा गर्दै थिए।

संकी रिजालले भने पशुपतिमा यो चोटि पनि नाङ्गो बाबा आउने गलत हो भन्दै थियो। उनी एकोहोरो बोल्दै थिए। कसैको कुरा सुन्न पक्षमा नै थिएनन्।

यो कुनै नौलो कुरा थिएन चिया पसलमा। हरेक कुरामा वाद-विवाद हुन थाल्छ। सबैको विद्वान हुने समय आएको थियो। सबैले धर्म संस्कृति, सही गलतको बारेमा कुरा गर्दै थिए। विचार शर्मा सर इतिहासका गुरु थिए जो बुझेका थिए। उनी मौन थिए।

कलेज पनि जानु पर्ने भएकोले त्यो वाद विवादको साक्षी धेरै बेर हुन मन लागेन। दि हिमालयन टाइम्स र घरको लागि डिडिसीको एक प्याकेट दूध लिएर घर गएँ। अब घरमा ममीको हातको चियाको समय भएको थियो।

चिया-नास्ता, खान खाएर कलेज पनि जानु थियो। शुक्रबारको दिन कलेज एकदम रमाइलो दिन हुन्थ्यो। यो दिन कहिले कलेज बंक गरेर मुभी हेर्ने प्लान हुन्थ्यो, त कहिले ज्ञानु दाइको खाजा घरमा गएर नेवारी खान खाने। कहेले काठमाडौँबाट नजिकमा रमणीय ठाउँ बरालिन जाने।

आजको प्लान भने नजिकको रमाइलो ठाउँ बरालिने। कहाँ जाने भन्ने कुरा सौरभले भन्न नभ्याउँदै राजुले नगरकोट भन्यो, सबैले हुन्छ भन्दै हामी लगियो नगरकोट।

Ncell
Ncell

नगरकोट काठमाडौँबाट घुम्न जना सकिने नजिकको, प्राकृतिक हिसाबले रमणीय ठाउँ थियो। जहाँ पारिवारिक पिकनिक, साथीभाइ भेट्ने ठाउँ, बिजनेस कन्फेरेन्स, खासमा नवजोडीदेखि संसारमा हुने सबै खालका जोडीहरुको भेट्ने थलो। यस्मा दुईमत नहोला। आज हामीहरु रमाइलो गर्न आएका।

संयोग पनि कस्तो! बिहान चिया पसलमा बाबाहरुको बारेमा ठूलो कुरा भएको थियो, यता नगरकोटको पिकनिक स्पोट नजिकै एकजना बाबा आफ्नो सानो कुटी बनाएर बसेका रहेछन्।

एक मनले 'ह्या जो सुकै होस्' भन्ने भयो तर अर्को मनले यी बाबाको कहानी बुझ्न मन लग्यो। कतै यी बाबा पनि इंडियाबाट नै आएका त होइनन् शिवरात्रीको अवसर पारेर? जिज्ञासा मेरो मनमा मात्रै होला भनेको केटाहरु पनि उतै बाबालाई हेर्दै रहेछन्।

कसैले न जाउँ नै भने न ह्या छोड् भन्ने आँट नै गर्यो। मेरो पाइला फटाफट बाबाको कुटी तिर लाग्यो। केटाहरु पनि मेरो पछि पछि लागे। पछाडि कसैले भन्दै थियो 'यो बाबा त माल खान्छ होला है?' कसले भन्यो हेक्का नै गरिनँ।

'बाबा नमस्कार!' भन्दै पुगियो कुटीतिर।

बाबा- नमस्कार, बाबुहरु घुम्न आउनु भाको?

म- हजुर।

बाबा- आजभोलि नगरकोट घुम्नेको ओहिरो छ?

सौरभ- बाबा त नेपाली हुनु हुँदो रैछ त?

बाबा- हजुर, नेपाली भाषाको राम्रो ज्ञान छ तर म जन्मेको इंडियामा हो। धेरैले मलाई आएर सिधैँ हिन्दीमा बोल्छ। बाबुहरु नेपालीमै बोल्नु भयो।

म- बाबा, हजुरको नाम?

बाबा- भर्खर भन्नु भयो त।

म- नाम कहाँ भने बाबा! बोलाउने नाम भनेको बाबा।

बाबा- नाममा के छ र बाबु, हजुरले जसले सम्बोधन गरे पनि हुन्छ, नाम त अरुले तिमीलाई दिने हो, तिम्ले त त्यही नामले पहिचान बनौन भागदौड गर्ने हो। होइन र?

म- (स्तब्ध)

राजु- अनि बाबाको घर कता नि?

बाबा- म त शून्यताबाट आएको, कहाँ घर कहाँ ठेगाना। यो पुरै संसार नै मेरो घर मेरो ठेगाना।

म- (स्तब्ध)

मनमनै आफैसँग बोल्दै थिएँ। एकछिन त लग्यो यी सायद त्यही बाबा हुनु पर्छ, जसले म शून्यताबाट आएको जवाफा दिए, सम्झना छ मलाई कतै कुमार नगरकोटीले यही जवाफा दिएका थिए।

सौरभ- बाबा अनि खानपिनको व्यवस्था कसरी हुन्छ त? शिवरात्रीको लागि मान्छे पशुपति जान्छन् त, हजुर नगरकोट?

बाबा- बाबु, प्रेम जोडीलाई आफ्नो माया साटासाट गर्न प्रणय दिवस कुर्नु पर्छ र? पर्दैन नि? यस्तै हो बाबु। म यहीबाट शिवको आराधना गर्छु। रह्यो खानाको कुरा, यताउता आफै व्यवस्था हुन्छ। भगवानले हेर्नु हुन्छ।

म- सबै चाडपर्वको आफ्नो महत्व छ नि बाबा, तोकेको दिनमै मनाउनु पर्छ नि बाबा, होइन र?

बाबा- आमाले छोरोलाई माया गर्न कुनै दिन तोकेको हुँदैन, तर छोराहरुले आमा-बाबालाई माया गर्न बिर्सेर आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन बनाए? मान्छेले आफ्नो संस्कार बिर्सेको बाबु, विशेष दिनमा मात्र होइन, वर्षभरि मनाउनु पर्छ।

चाहे शिवरात्री होस्, चाहे आमाको मुख हेर्ने दिन, चाहे दशैँ, वर्षभरि ठूलाको आशिर्वाद लिनु र सुन्नु पर्छ। एकदिनको लागि मात्र हुँदैन।

म- कुरो सही हो बाबा। अनि बाबा जीवन कसरी चल्दै छ त?

सौरभ- अनि साँच्ची जीवन के हो त बाबा?

बाबा- जीवन एकदम राम्रो चल्दै छ, जीवन त एक रंगिन चित्र हो। सबै रंगहरुको मिश्रण छ? हरेक रंगको आफ्नै महत्व छ र हरेक रंग अर्थपूर्ण छन्। सबै रंगहरुलाई बुझ्नु अनि मात्र एक रंगिन चित्र भुझ्ने छौ। जीवन एकदम सरल छ र यसलाई हामीहरु बाँचुन्जेल सरल जिउने कोशिश गर्नु पर्छ।

म- कति गहन कुरा तर एथार्थ सत्य।

सौरभ- केटा हो, मलाई अब बाबा गज्जब लग्यो है।

राजु- सही हो कुरा।

टेक- बाबा, शिवजीको प्रसाद छैन?( हाँस्दै)

बाबा- हरेक बाबाले शिवजीको प्रसाद खाँदैन बाबु। म संसारिक माया छोडेर बाबा भएको हुँ। म त फलफूल, दूध मात्र खाने बाबा हुँ।

म- अनि बाबा अब हामी जान्छौँ। पछि यता तिर आयो भने आउछौँ भेट्न।

बाबा- म एक यात्री, संसार मेरो घर हो। जहाँ पनि हुन सक्छु, जुन भेषमा पनि। तर बाबुहरु एक कुरा ख्याल गर्नु, जीवन के हो भन्दा पहिले म को हुँ? भनेर बुज्ने कोशिश गर्नू।

जिन्दगीमा आफ्नो नाम होइन, पहिचान खोज्नु। अरुलाई राम्रो गर्छु भनेर होइन कसैलाई नराम्रो गर्दिनँ भनेर हिड्नु। आध्यात्मिक चेतना राख्नु। फेरि पनि भन्न चाहेँ म को हुँ? र म किन यो संसारम़ा छु? एकचोटि दिमाग र मन दुवैले सोच्नू।

सबैजनाले टाउको हल्यायौँ र हसको संकेत दिँदै हुन्छ बाबा भन्दै बिदा भइयो।

बाबा- जय सम्बो, जय पशुपतिनाथ ।

साँच्चै शुक्रबारको दिन कति मजाले गयो। घरको लागि कलेज हिँडेको, साथीभाइसँग घुम्न निक्लेको छोरो कताबाट नगरकोट पुगियो। अनि त्यहाँ अचम्मको बाबा भेटिनु, बाबाको तितो सत्य र यथार्थ कुरा अनि जीवनका चाख लख्ने कुरा सुन्न पाउँदा धेरै भाग्यमानी ठानेँ।

दिउँसोको थकानले होला, कति छिटै सुतेछु पत्तै पइनँ। तर सपनामा त्यही बाबा आएर भन्दै थिए- बालक, अझै अर्काले दिएको नामको पछि लागेको छौ होइन? तेरो नामको अर्थ खोज अब? किन जन्मिएको होस् खोज अब? म को हुँ? भनेर खोज अब।

झसंग भएँ। सपनामा पनि बाबा र दिउँसोको उही कुरा। सुत्ने सकिनँ। छट्पटी भयो।

शनिबारको बिहानी, उठ्ने बित्तिकै चिया पसल जाने म, आज बाइक स्टार्ट गरी नगरकोट गएँ एक्लै। मनले धेरै कुराहरुको उत्तर खोज्दै अनि मनमा धेरै प्रश्नहरु बाबालाई सोध्छु भन्दै बाबालाई भेट्न हिँडेको तर अपसोच! बाबा त्यहाँबाट हिँडिसकेका रहेछन्।

पुरै संसार मेरो घर र शून्यताबाट आएका भन्थे बाबा। बाबालाई सोध्ने धेरै प्रश्नहरु त्यही छोडेँ र म आफ्नो मनलाई आफै प्रश्न गर्दै थिएँ- म को हुँ? म किन यो संसारमा छु?

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १०:४३
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP