Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

हेडसरकी छोरी

Nmb
Nmb
ओमविक्रम कटुवाल

ओमविक्रम कटुवाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

म केही दिन अघिदेखि सोचिरहेको छु कि यो प्रेम  कहाँबाट सुरू भयो होला ? यसको अवधारणा कुन दशकबाट सुरू भयो होला यसको विकासक्रम कस्तो होला ? रोमियो जुलिएट, लैला मज्नु, मुना मदन  कुन चरणका नमूनाहरू होलान् ? यस्तै ।

जब कुनै चिजसँग प्रेम हुन्छ त्यो आफ्नो लाग्दो रहेछ। उसो भए आफ्नोपन भनेको प्रेम हो ? अनि प्रेम हुने बित्तिकै कयौं सपनाहरूको लस्कर लाग्नु जरूरी छ ? मनभरि रहर थुप्रिनु जरूरी छ ?  खैर जे होस्।

प्रेम फेरिने हरेक स्वासको प्राण वायु रहेछ। जुन बिना स्वासप्रस्वास हुन्छ हेर्दा जिउँदो लागेता पनि मन निर्जीव हुँदो रहेछ। प्रेम जोसँग  जतिबेला पनि हुन सक्ने रहेछ।
प्रेम गरिसकेपछि जसलाई प्रेम गरेको उसलाई पाउन नसक्दा निराशा हात लाग्दो रहेछ,मन कुँडिएर आउँदो  रहेछ। यो प्रेमका सम्बन्धमा मेरो निजी अनुभूति हो।

अम्बालिकासँग जब म मुलखर्क आहालडाँडाको दुई कक्षा सकेर श्री सारदा उ.मा.बि  तीन पढ्न गएँ उति बेलै भेट भएको थियो। 
जब सरले हाजिर गर्दा बोलाउनु भो अम्बालिका शर्मा रोल नम्बर १।  मेरा आँखा चनाखो भैसकेको थिए। 

अम्बालिकालाई हेर्न सबैले भन्थे अम्बालिका त हेडसरकी छोरी क्या जान्ने छिन्। 

ओहो ! यति सानी मान्छे तर यति ठूला केटाकेटीहरूलाई जितेर कसरी फर्स्ट भाकी होला ? आफू त स्कुल भने पछि तीन बित्ताका काँडा उम्रने। सुवास दाइसँग बाख्रा चराउन जान उखुम मजा लाग्ने। 

यतिकैमा दिनहरू बित्दै गए। तीन कक्षा सकियो फाइनल परीक्षा भयो म चौथो भएँ।अम्बालिका प्रथम भइन्। चार कक्षामा हुँदा गाउँमा म  कूलको  धामी भएँ खुब धामी बसी हिँडियो। 

Premier
Premier

स्कुल मामला जस्तो भयो कहिलेकाहीँ जान थालेँ। कहिलेकाहीँ गएर होला सर मिसहरूले मेरो नाम नै औंशी पूर्णिमा  राखिदिनु भो। यसरी नै बिते चार कक्षा र पाँच कक्षा। 

पाँच कक्षा पास गरेर छ कक्षामा जाँदा म चौथो नै थिएँ अनि अम्बालिका शर्मा प्रथम। मेरो वर्षभरि विद्यालयमा उपस्थिति  पैतालिस दिन रहेछ।

Ncell
Ncell

कक्षा छ मा पुगेपछि जिन्दगीले अर्कै मोड लियो। सधैं विद्यालयमा भेटिने सर म्याडमहरू अचानक मेरो घरमा आउँदा मेरो सातो उडिसकेको थियो। बुवासँग पढाइकै विषयमा कुराकानी भयो। कहिलेकाहीँ विद्यालय जाने मान्छे चौथो हुन्छ सधैं विद्यालय गयो भने के  गर्ला? सर मिसहरूको यही प्रश्नमा मझेरीमा अडेसा लागेर सुनिरहेको थिएँ। 

बुवासँग छोरालाई सधैं विद्यालय पठाउने सहमति गरेर सर मिसहरू छुटिएको दृश्य म नियालिरहेको थिएँ। यत्तिकैमा मलाई देखेर बुवा मुर्मुरिनु भयो।

"हैन त कहाँ जान्छ्स ए ! गोरु स्कुल जाँदैनस् रे त ?"

बुवाको यो प्रश्नले मेरो मुटुको धड्कन बेजोडले धड्किरहेको  थियो।
म मौन रहेँ।

बुवा फेरि मुर्मुरिनु भयो।

"मासिने बेलाले छोको। आफू यिनै बज्या बजिनीका लागि हाड घोटो। त्यहाँ भोलिदेखि सरासर स्कुल नपड्की त ?"

शरीरबाट पूरै  पसिना निस्किसकेको थियो। मन प्रतिज्ञा गरिसकेको थियो भोलिदेखि सधैं स्कुल नगए उपाय छैन तर अघिल्लो दिनको प्रतिज्ञा भोलिपल्ट सर्लक्कै बिर्सेर बासघारीको चौतारामा वरका दाना खोज्दै खा'र बसेको म। त्यस्तै दिउँसोको  ११/१२ बजेको हुनुपर्छ त्यतिनै बेला बुवा कताबाट टुप्लुक्क आइपुग्नु भो।  

घरबाट स्कुल हिँडेको छोरो वरका रूखमा छ त्यही माथि अघिल्लो दिन सर मिसको डोज। अनि त के चाहियो र ? त्यसपछि एक छिन त बुवाको हातको मालबासको सिर्कुनो देखेर  वरको रूखमा बसियो तर पार लागेन। त्यो दिन यति गोदाइ खाइयो सीमा छैन। तिघ्रामा मालबासको सिर्कुनो मजैले बसेको थियो। भोलिपल्ट कुकुरले टोकिदियो त्यसपछि कूलको धामीसामी चैट ! काम्ने साम्ने छैन।

द्याट डे वाज टर्निङ्ग पोइन्ट अफ माइ लाइफ!

त्यसपछिका हरेक दिन म विद्यालयमा उपस्थित भएँ। त्यही वर्ष मैले सर्वोकृष्ट अंक ल्याएर विद्यालय टप गरेँ। त्यसपछि पढाइमा पछाडि फर्किनु परेन। सर मिसहरूबाट अगाध माया पाइयो। तर आफू फर्स्ट अम्बालिका सेकेन्ड हुँदा आफैंलाई हारिदिऊँ जस्तो लाग्थ्यो। किन किन मलाई अम्बालिका फर्स्ट भाको मन पर्थ्यो। मैले हार्न सकिनँ। आज आभाष भयो। मैले हार्न नसकेकै कारण मैले जित्न सकिनँ।

हामी एसएलसी तयारीको अन्तिम चरणमा थियौं। अम्बालिका उनले गर्न नसकेका हिसाबहरू सँगै बसेर हल गर्थ्यौं। गणितका हिसाबहरू हल भए पनि जिन्दगीको हिसाब हल हुनै नसक्ने गरी बिग्रेको पत्तै भएन। 

मलाई पनि अम्बालिकाको सामिप्य औधी मन पर्थ्यो उनको नजिक जानकै लागि मैले कयौं हिसाब नमिलाएको , कयौं प्रश्नको उत्तर नजानेको नाटक कयौं पटक गरेको छु।

गुलाम अलीको गजलमा झै ठूला ठूला आँखा ती आँखामा चट्ट गाजल, घुम्रिएको बाल, सर्लक्क जिउडाल मेरो मुटुमा खिल बनेर बसेका थिए। उनी हिँड्ने बाटो म फगत उनका पाइला पछ्याएको छु। कस्सम  मन त पागल रहेछ। सायद यो उनीप्रतिको प्रेम थियो या आकर्षण त्यो मलाई थाहा छैन।

समयको कालचक्रसँगै  उनी धनी बाउकी छोरी राजधानीको नामुद क्याम्पसमा विज्ञान विषय लिएर अध्ययन गर्न थालिन्। म गाउँकै विद्यालयमा मेजर नेपाली। मेरा हरेक सोचाइमा अम्बालिकाको तस्वीर हुन्थ्यो। मेरा हरेक सपनामा अम्बालिकाको सहभागिता हुन्थ्यो। मानौं, अम्बालिकाबिना आफूलाई आधा लाग्न थालेको थियो।

प्रिय अम्बालिका तिमी दसैंमा घर आउँदा पिङ हाल्ने बाबियो खोज्ने निहुँमा तिम्रो घरमा म कयौं पटक तिमीलाई हेर्न पुग्ने गर्थे। तिम्रो बोली सुन्दा मलाई त्यति धेरै आनन्द आउथ्यो जति मलाई कोइलीको गीतले आएन। मेरो शरीरमा रगत हैन तिम्रा यादहरू दौडिन्थे। मेरो दिलको एल्बम तिम्रै तस्वीरले भरिएका थिए।

मैले फेसबुक खोलेर  फेसबुकमा पहिलो सर्च गरेको नाम थियो अम्बालिका शर्मा।

कालो चस्मा, स्ट्रेट, ब्लु जिन्समा कुनै बलिउड नायिकाको स्टाइल चोरीको आरोप लाग्ने झै प्रोफाइल पिक। मैले रिक्वेस्ट पठाएँ। तिमी नै मेरो फेसबुक को पहिलो साथी थियौ थाहा छैन म तिम्रो कति नम्बरको साथी थिए ?  फेसबुकमा कुरा सुरू भो मैले
"हेल्लो" भनेको भोलिपल्ट तिम्रो  "हाई " रिप्लाई आएको थियो।

हाम्रा केही फर्मल संवादबाहेक मैले आफ्नो भावना राख्ने उपयुक्त समय नै भएन। मलाई भन्न मन लागेको थियो।

"अम्बु तिमी मलाई तिमीमा उदाएर तिमीमै अस्ताउने जुन हुन मन छ, तिम्रो मायाको छहारीमा यो जीवनको बिरूवा हुर्काउने मन छ, तिमीलाई यति धेरै माया गर्नु छ ताकि आजसम्म त्यति माया न कसैले कसैलाई गर्यो न कसैले कसैलाई गर्ने छ" तर मेरो मनमा तिम्रो लागि झाङ्गिएको प्रेमको टिप्पणी उठाएर तिमीलाई सदर गराउने अवसर नै मिलेको थिएन।

एकदिन अचानक तिम्रो फेसबुकमा तिम्रो फोटोसहितको "बधाई अम्बालिका जिन्दगीमा उत्तर उत्तर प्रगति अझै धेरै गर्दै जानु" स्टाटस देखेँ।

मनमा उत्सुकता, कौतुहलताले उकुसमुकुस भएको थियो। म कतिबेला हरियो बत्ती बल्छ भनेर प्रतीक्षारत थिएँ। अनलाइन आउने बित्तिकै सोधेको थिएँ

म: ओए के बधाई हो ?

अम्बु: सुब्बाको एक्जाम देको थ्यो पोस्टिङ भैछु यार।

म: हो र ? ल धेरै धेरै धेरै बधाई है ? अनि कुन ठाउँ भो पोस्टिङ् ?

अम्बु: जिल्ला प्रशासन कार्यालय धनकुटा

म: ए  ए । गाउँतिर कहिले आउँछौ ? 

त्यसपछि अम्बालिकाको रिप्लाई आएन। केही महिना बिते कुराकानी भएन। सम्झनामा सपनाहरू सजाउन अझैसम्म छाडेको थिएन।

अम्बुको नाम निस्केकोमा मन खुसी त थियो साथमा चिन्ता पनि थपिँदै गएको थियो समय पहिले जस्तो थिएन मेरो पढाइ खस्किनुसम्म खस्केको थियो म जाबो ब्याक प्याकाप्याक भाको नेपालीको स्टुडेन्ट अम्बु कहाँ राजधानीको कलेज टपर अब त झन सरकारी जागिरे। दबाव बर्तै फिल भाको थ्यो। तै पनि मैले हिम्मत हारेको थिइनँ।

लोकसेवा पढ्ने, जागिर खाने। यी तमाम सपनाहरू बुन्न क्षणभर लागेन मलाई। म सपनाको उडानमा कहाँसम्म पुगेँ कहाँ गएर मलाया एयर विमानझैं बेपत्ता भएँ र मेरो ब्ल्याकबक्स कहाँ बेपत्ता भो, जब एकदिन एक्कासि तिम्रो फूलमालाको फोटो फेसबुकमा सार्वजनिक भएको देखेको थिएँ।  

तिमी सजिएका मेरा सपनाहरू एकाएक आत्महत्या गरिरहेका थिए। मेरो मुटु चुँडेर कसैले दौडिँदै गरेको भान भैरहेको थियो। मभित्रको पागल मन बालुवामा छटपटाइरहेको माछाझैं भएको थियो।

अम्बु तिम्रो नाममा लाहुरेनि साइँलीको भट्टीमा पिएको खुकुरी रमको र कुखुराका साप्राहरूको  कस्सम यो जुनीमा मैले जति तिमीलाई कसैले चिन्न र बुझ्न सक्दैन।

तिमीलाई सामेल गरेर देखेका सपना र रहरको दाहसंस्कार तिम्रा यादहरू जलाएर गरेको छु। यो जुनीमा जसकी भए पनि अर्को जुनी मेरो नाममा लिएर आयस्। गुड लक!

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:५३
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

डोजोभित्रको अन्तिम घण्टी!
खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP