पानीको बोतल
र मेरो मन,
उस्तै लाग्छ मलाई
सधैं रित्तिने,
भरी कहिल्यै नबस्ने
जति भर्यो
उति रित्तिने।
आज यो बोतल,
फेरि भरिएको छ,
कहिले रित्तिन्छ थाहा छैन,
तर यो बोतल,
रित्तिन चाहँदैन,
नरित्तिएर पनि सुख छ त?
तिम्रो मन पनि
बोतल जस्तै लाग्छ मलाई,
मप्रतिका भावना
रित्तिदै छन् त्यहाँ,
तर मेरो मनमा
तिमीप्रतिका भावना
नदी जस्तै हो
कहिल्यै रित्तिदैन,
सधैँ बगिरहन्छ,
कहाँसम्म बग्छ,
थाहा छैन
तर सधैं बगिरहन्छ
रित्तिदैन।