Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

मी टू

Royal Enfield
Royal Enfield

भागवत खनाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

उपकार : नीलु आज म तिमीलाई एउटा आश्चर्य लाग्दो कुरा सुनाउँछु।

नीलप्रभा : उही मदिरा माहात्म्य सुनाउने त होला नि। फलानो मातेर ढल्यो, फलानालाई  बूढीले झपारी, फलाना रोयो, फलानाले प्यान्टमै पिसाब फेर्‍यो।

उपकार : मैले पोखरामा दुरुस्त तिमीजस्तै युवती देखेर आएँ।

नीलप्रभाको हृदयको धड्कन बढ्न थाल्यो ।

नीलप्रभा : तिमी झूट बोल्दैछौ उपकार।

उपकार : म साँचो बोल्दैछु।

उपकार भोलिपल्ट व्यापारको सिलसिलामा सिङ्गापुर गए।

 नीलप्रभा गाडी लिएर एक्लै पोखरातिर लागिन्। मुग्लिन  पुग्नेवित्तिकै उनका हात फतक्क गले। शरीर शिथिल भयो। उनी कार रोकेर धुरुधुरु रुन थालिन्। त्यो अरण्य रोदन सुन्ने र पीडा महसुस गर्ने सुसाइरहेको मर्स्याङ्दीबाहेक त्यहाँ  कोही थिएन।

पच्चीस वर्षअघिको कुरा हो। फरासिली र खुला वातावरण मन पराउने नीलप्रभा साथी साम्भवीसँग पोखरातिर घुम्न गएकी थिइन्। फर्केर आउँदा मुग्लिन पुगेपछि उनीहरूले दुई तीन घण्टा त्यतै घुमेर अर्को बस समात्ने सल्लाह गरे। उनीहरू मर्स्याङ्दीको ताजा माछा र खानाको अर्डर गरेर घुमघाम गर्न थाले।

Ncell
Ncell

संयोगले नीलप्रभाको नजिकैको नाता पर्ने उपहारजङ्ग र उसको साथी त्यहीँ आइपुगे। उपहारजङ्गले भनेको थियो, ‘हेर त कस्तो आँट यिनीहरुको!  जमाना खराब छ भन्ने थाहा छैन तिमीहरुलाई?’

नीलप्रभा : जमाना खराब हुँदैन दाजू! मान्छे खराब हुन्छ। भाउजू खै त?

उपहारजङ्ग : भाउजूको त महिना लागिसक्यो। अब एक महिनाभित्र हामी छोराको बाआमा हुन्छौं।’

नीलप्रभा अतीतबाट ब्युझिन्। शरीर भतभती पोलिरहेको थियो। उनले वृद्ध  बाबुलाई सम्झिन्। तीन जना छोरापछि नीलप्रभा जन्मेकी थिइन्। सबै छोरा सानै उमेरमा बिते। नीलप्रभाले फोनमा सन्चो बिसन्चो सोधेपछि भनिन्, ‘बुवा आज म एउटा कुरा सोध्छु, कृपया सत्यसत्य बोलिस्योस्। बम्बईमा मेरो मरेको छोरो जन्मेको हो कि जिउँदो छोरी?’

उताबाट कुनै उत्तर आएन। नीलप्रभाले बाबुको निसास्सिएको लामो-लामो आहट मात्र सुनिरहिन्। उनले आर्द्र स्वरमा भनेकी थिइन्, ‘बुवा म छोरी खोज्न पोखरातिर जाँदैछु।’

नीलप्रभा साहित्यकार हुन्। उनी महिला सक्रियतावादी अभियन्ता पनि हुन्। प्रभावशाली र भावुक वक्ताको रुपमा विख्यात छिन् उनी। एक दिन ‘मि टू’ कार्यक्रम चलिरहेको थियो। नीलप्रभा भाषण गर्दागर्दै भावुक भएर रुन थालिन्। शान्त हलमा श्रोताको रुपमा बसिरहेका महिलाहरूबीच खासखुस चल्न थाल्यो। एउटीले भनिन् , ‘कति नाटक गर्न आउँछ है आइमाईहरूलाई! कति सहजै आँसु चाहिए आँशु र हाँसो चाहिए हाँसो पोख्न सकेका। सामन्ती आँशुले अन्याय र वन्चनामा परेका अकिन्चन महिलाको प्रतिनिधित्व गर्न  सक्दैन। यो मि टू पनि हुने खानेहरूको ‘ड्रामा’ मात्र हो। कतिपयले त इच्छाले सुखभोग गरे पनि जबर्जस्ती भएको बहाना गर्छन्।

नीलप्रभाको भाषण जारी थियो। उनले भनेकी थिइन्, ‘आँशु, रोदन र पीडा कहिल्यै पनि सामन्ती हुँदैन। महिलामाथि घरेलु हिंसा र यौन उत्पीडन कथित समृद्ध र खान्दानी चौकिल्लाभित्र ज्यादा हुन्छ। प्यारा दिदीबहिनीहरू! पैसा सुविधा मात्र हो , खुसी होइन। कहिलेकाहीँ धन, विद्या, सौन्दर्य र ख्याति पनि अभिशाप हुन्छ। मलाई अहिले अन्तिम मुगल बादशाह बहादुर शाह जफरकी छोरी कुल्सुम जमानी बेगमको उद्गार याद आउँछ -  मुसिबत तो यह थी कि हमको भागना भी नहीँ आता था।

नीलप्रभा  फेरि अतीतमा पुगिन्। मुग्लिनमा खाना खाएपछि उपहारजङ्गले भनेको थियो, ‘अहिले १२ बजेको छ। हामी दुई घन्टा चितवन घुमेर फर्के पनि सम्साँझै काठमाडौं पुग्छौं।’ भरतपुरको एउटा होटलमा उपहार र उसको साथीले बियर खाए। नीलप्रभा र साम्भवीले कफी। त्यसपछि के भयो नीलप्रभालाई केही थाहा भएन।

भोलिपल्ट बिहान नीलप्रभा र साम्भवीले आफूहरू बलात्कृत भएको थाहा पाए। अब के गर्ने? कसलाई भन्ने? को विश्वास गर्छ? 

उपहारजङ्ग मन्दमन्द मुस्कुराइरहेको थियो। उसले भनेको थियो,  ‘आज सौराहा जाऔं , त्यहाँ झनै मज्जा हुन्छ।’ नीलप्रभा र साम्भवी केही बोल्न सकेनन्। उनीहरू हारेको सिपाहीजस्तो चुपचाप बस चढेर काठमाडौंतिर लागे।

अहिले नीलप्रभासँग लक्ष्मी र सरस्वतीको प्राचुर्य छ। सभ्य, शालिन र भरोसायोग्य पति छन्। भाग्यले सबै दियो, तर जीवनभर निको नहुने घाउ दिएर सबै खुसीहरू सदाका लागि लुटेर लग्यो। त्यस्तो घाउ, जसको पट्टी  खोलेर प्यारो पतिलाई देखाउन मिल्दैन। उनको प्रत्येक रोदनलाई विनयी पतिले नारीजन्य भावुक रोदन मानिरहे।

एउटा साहित्यप्रेमी नारीको कोमल हृदय छचल्किएर प्रष्फुटन भएको मान्दै अपार सहानुभूति दिइरहे। सत्य लुकेर बस्न विवश छ। दुर्भाग्य यस्तो कि पतिकी प्यारी नीलु आफूलाई आफैंभित्र लुकाउन बाध्य छिन्।

अतीत त्रासद छ, वर्तमान दु:खद् र भविष्य आफूले नगरेको अपराधको अभियुक्तसरी। छातीभित्रको त्यो विषको घडा फोरेर बाहिर निकाल्न पनि मिल्दैन।

 नीलप्रभाले आफूमाथि भएको घटनाबारे सुनाएपछि पिताले चोरी औंला ओठमाथि राख्दै चुप लाग्ने सङ्केत  गरेका थिए। पिताको भनाइ थियो, यस्ता घटना उनको कुटुम्बमा केही जानीजानी र केही अन्जानमा भएका छन्। यस्तो कुरालाई प्रकाशित  गर्ने हो भने आफ्नै हुर्मत जान्छ। छोरीमान्छे आफै होसियार हुनुपर्छ। स्त्री जातिले कसैको पनि विश्वास गर्नु हुँदैन।

त्यो घटनापछि नीलप्रभा र साम्भवीको कहिल्यै भेट र कुराकानी भएन। पाटी र जमघटका अवसरमा देखादेख मात्र हुन्थ्यो। परन्तु बोल्नु पनि के बोल्नु?  पीडित दुई हृदय आफैंभित्र समेटिन विवश थिए।

 नीलप्रभा पोखरातिर  लागिन्। उनलाई आफूजस्तै  युवती पोखरामा देखिएको भन्नेबाहेक केही कुरा थाहा छैन। उपकारसँग निधिखुदी गर्ने पनि हिम्मत छैन। पोखरा पुगेपछि नीलप्रभा चारैतिर भौंतारिन थालिन्। बाटो, पार्क, बजार र होटेल जताततै छोरीको खोजी। आफूजस्तै हुनु मात्र आफ्नै छोरी हुनुको प्रमाण होइन। किन्तु द्रवित मातृहृदय विश्वस्त छ।

साँझ झमक्क परेपछि नीलप्रभा एउटा होटेलमा कोठा बुक गराएर सुस्ताउन थालिन्। उनी फेरि अतीतमा पुगिन्। चितवनमा दुर्घटना भएपछि उनको महिनावारी रोकियो। आमाबाबुलाई केही कुरा भनिरहनु आवश्यक थिएन। उनीहरू आफन्तहरूलाई  घुमघाम र तीर्थ गर्न जान लागेको सूचित गरी छोरीलाई सँगै लिएर मुम्बईतर्फ लागे। सानो ठाउँमा ठूलो कुरा गोप्य राख्नु सम्भव थिएन।

भाग्य उनीहरूप्रति झनै क्रूर भयो। मुम्बई पुग्नेवित्तिकै आमालाई हृदयाघात भयो। आमा त्यहीँ परमधाम भइन्। बाबुछोरी लाश लिएर काठमाडौं फर्के। भ्रूण पेटको पेटमै रह्यो। तीन जना छोरा बिते, प्रियवादिनी र सहृदयी पत्नी विरानो देशमा बितिन्। पापीले अत्याचारपूर्वक बेहोस् पारेर रोपण गरेको भ्रूण  छोरीको पेटमा हुर्किरहेको छ। विडम्बना! कसैलाई भन्न मिल्दैन। हात जोडेर ईश्वरको प्रार्थना गर्ने बानी परेका  धर्मभीरु पिताले मनमनै त्यही ईश्वरलाई सराप्न र निन्दा गर्न थाले।

केही महिनापछि बाबुछोरी शोकाकुल अवस्थामै फेरि मुम्बई गए। भ्रूण हुर्किसकेको हुँदा गर्भपतन गराउन मिलेन। पेट चिरेर निकाल्न बाबुले मानेनन्। उनी कुनै पनि चिन्ह राखेर छोरीलाई नाजायज आमा भएको प्रमाण जुटाउन समर्थ थिएनन्। उनले एक जना अनुभवी नर्सको सहयोगमा प्राकृतिक रुपमा जन्मेको भ्रूणको व्यवस्थापन गरे।

बेहोसीको अवस्थामा शिशु जन्माएकी नीलप्रभा होसमा आएपछि बाबुले भनेका थिए, ‘मरेको छोरो जन्मेको रहेछ, नर्सहरूले फालिसके।’

नीलप्रभा विह्वल भइन्।जीवनको यो विभत्सता? आफ्नो दोष छैन, तर आफैं लुक्दै हिँड्नुपर्ने? उनले मृत शिशु हेर्ने इच्छा गरिन्। बाबुले अनुभवी मराठी नर्स कल्पारानीलाई छोरीको सामुन्ने ल्याए। नर्स कल्पारानीले भनेकी थिइन्, ‘मृत शिशु हेरेर केही फाइदा छैन।’

उनीहरु फर्के। नीलप्रभासँग एउटा मात्र विकल्प बाँकी रह्यो, त्यो थियो असीम शोकग्रस्त बाबुले भनेको मानेर उनको प्राणको रक्षा गर्नु। बाबुले सर्त राखेका थिए, अब उप्रान्त यो विषयमा अरुसँग त के हामी बाबुछोरीबीच पनि कुनै चर्चा हुने छैन। नीलप्रभाले अगाडि पढ्दै गइन्। उनको नाममा व्यापारिक फर्म खुले। उपकारसँग धुमधामले विवाह भयो। छोरो जन्म्यो, जो अहिले भारतको देहरादुनमा पढ्छ।

उनी गृहिणी, साहित्यकार, व्यापारिक कम्पनीकी मालिक र नारी सक्रियतावादीको रुपमा चिनिन्छन्। अतीत निर्दयी थियो, तथापि वर्तमानले समाजसुधार र महिला कल्याणको क्षेत्रमा काम गर्न प्रेरित गरिरह्यो। काँडाबीच पनि फुलिरह्यो जीवन। तर आज अचानक के भयो यो?

पोखराको होटेलको लबीमा अकस्मात उनका आँखा एउटा फोटोमा गए। फोटोमा उनीजस्तै युवती थिइन्। सोधखोज गर्दा थाहा भयो ती युवती तीन दिन बसेर फर्किसकिन्। नीलप्रभाको हृदय विचलित भयो। जे जस्तो अवस्थामा जन्मेको भए तापनि सन्तान त सन्तान नै हो। आमा विवश र लाचार हुन सक्छिन्, तर कुमाता हुन सक्दिनन्।

 उतैबाट मुम्बई पुगिन् नीलप्रभा। नर्स कल्पा बूढी भइछन्। उनले  नीलप्रभालाई हेरेर केही याद गर्ने प्रयत्न गरिरहिन्। सबै कुरा सुनेपछि कल्पाले भनिन् , ‘म भोलिदेखि सेवाबाट अवकाश हुँदैछु। तपाईं  आजै आएर ठिक गर्नुभयो। अन्यथा न हाम्रो भेट हुन्थ्यो न त तपाईंले सच्चाई जान्ने मौका नै पाउनुहुन्थ्यो।

तपाईंको पिताजीले जीवनका सारा दुर्भाग्यबारे गला अवरुद्ध पार्दै आफ्नो  जीवनकहानी सुनाउनुभएको थियो। त्यो दारुण वयान सुनेर मलाई साह्रै दया लाग्यो। मैले बच्चा साटेर मृत छोरो तपाईंको र तपाईंले जन्म दिएकी जीवित छोरी एउटा धनाढ्य मराठी महिलाको बनाएर अभिलेख मिलाएकी थिएँ। तर, त्यो मराठी परिवार कहाँ बस्छ र छोरीको अवस्था के छ मलाई थाहा छैन। अभिलेख हेरेर तत्कालको ठेगाना पत्ता लगाउन सकिन्छ।’

नीलप्रभाले उपकारलाई फोन गरेर आफू मि टू कार्यक्रममा सामेल हुन मुम्बै आएको कुरा बताइन्। देहरादुनमा रहेको छोरालाई फोन गरेर भलाकुसारी गरिन्। रातिको खानापछि  वृद्ध पितालाई फोन गरिन्।

नीलप्रभा : बुवा! म अहिले मुम्बईमा छु। मैले उपकारलाई फोन गरेर मि टू कार्यक्रममा आएको कुरा भनेकी छु। किन्तु, सत्य त के हो भने म यहाँ छोरी भेट्न आएकी हुँ।

पिता : छोरीसँग भेट भइसक्यो?

नीलप्रभा : भोलि भेट हुन्छ।

पिता : हे राम! मलाई जीवनभर दु:ख दिएर पनि नथाक्ने तिमी कस्ता राम हौ? छोरी तिमी होसमा त छौ?

नीलप्रभा :  म पूरै होसमा छु। रामलाई धन्यवाद दिनुहोस् कि भोलि बिछोड भएका आमाछोरीको भेट हुँदैछ।

पिता :  म तिम्रो दर्द बुझ्दछु छोरी! परन्तु यो भावुकताको परिणाम के हुन्छ? छोरी त भावनात्मक र कानुनी दुबै हिसाबले मराठी हो। तिमी छोरीलाई भेट्न गयौ भने एउटा सुखी परिवारको बिचल्ली हुनेछ। छोरीको जीवनमा भूकम्प आउनेछ।

तिमीले म आमा हुँ भन्यौ भने छोरीले बाबुको खोजी गर्नेछिन्। को हो छोरीको बाबु? उपहारजङ्ग हो कि उसको साथी? कि उनीहरूको अर्कै अज्ञात साथी? तिमीप्रति छोरीको भावना कस्तो होला? तिमीलाई कुन्ती र कर्णको बारेमा थाहै छ। कुन्तीले कर्णसामु उनी आफ्नो छोरा भएको कुरा बताएपछि के कर्णको मनमा श्रद्धाको भावतरङ्ग जागेको थियो ? तिमी नाबालिग छोरासँग छोरीको परिचय कसरी गराउँछ्यौ? असीमित माया र विश्वास गर्ने श्रीमानको अगाडि कुन मुख देखाउँछ्यौ?

नीलप्रभा फोनमै रुन थालिन्। फेरि बाबुछोरी  धेरै बेरसम्म वार्ताहीन रोइरहे। यस्तो रोदन, जसबारे ईश्वरलाई समेत भन्न मिल्दैन। यस्तो रहस्य,  जसलाई आर्यघाटको चितामा पार्थिव शरीरसँगै अस्तित्वमा लीन गराउनुबाहेक अर्को  विकल्प छैन। यस्तो द्विविधा , जसमा यसो गर्दा पनि पीडा र उसो गर्दा पनि। सदैव आवरणभित्र छोपिएर बस्न  विवश बाबुछोरी रुन छाडेर आपसमा अविचल आर्द्र र शोकाकुल सास मात्र सुनेर बसिरहे।

अर्को दिन नीलप्रभा काठमाडौंका लागि प्रस्थान गरिन्। प्लेनमा उनले पति उपकारसँगको कुराकानी याद गरिरहिन्। एक दिन उनले उपकारलाई सोधेकी थिइन्, ‘नारी र पुरुषबीच के कुरामा समानता र असमानता छ?’ उपकारले भनेका थिए, ‘नारी र पुरुष  कानुनी, आर्थिक, सामाजिक र राजनीतिक मामिलामा समान छन्। तर, अस्तित्वले यी दुईबीच प्राकृतिक भिन्नता कायम गरेको छ। त्यो भिन्नताको उल्लङ्घन भयो भने जीवनमा दु:खद्  परिस्थिति पैदा हुन्छ। सामान्यत: पुरुषको चाहनाबिना नारीले शारीरिक सम्बन्ध गाँस्न सक्दिनन्, तर पुरुषले नारीको चाहना र स्वीकृतिबिना नै शारीरिक सम्बन्ध राख्न र शोषण गर्नसक्छ।यस हिसाबले नारीभन्दा पुरुष खतरनाक हुन्छ। नारीले यो वास्तविकतालाई आत्मसात गर्दै सतर्क रहनु जरुरी छ।’

नीलप्रभा काठमाडौं पुगेर  पितालाई भेटिन्। पितापुत्री धेरै बेरसम्म रोइरहे। किन्तु दुबैको मुखबाट कुनै शब्द निस्केन। न सुनाउनुपर्ने केही बाँकी थियो न त सुन्नुपर्ने नै। दु:खद् भावनाहरू कहिले प्रतिष्ठाको आडम्बरभित्र त कहिले विवशताको आवरणभित्र थुनिएर बस्न बाध्य रहिरहे। आन्तरिक प्रभा नरहे तापनि बाह्य दुनियाँमा अहिले पनि नीलप्रभाको प्रभा प्रकाशित भइरहेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १३:४४
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP