ठ्याक्कै त्यो बेलाको अन्तिम भोज सायद यस्तै नै थियो होला 
माहोल, पात्र, वातावरण, उत्साह , उमङ्ग आजकै  जस्तो  थियो होला!
बाँकी सबै  अन्तिम भोजमा वर्णन गरे जस्तै नै थियो होला!
जताततै झिलिमिली बत्ती बलिरहेकाछन्  त्यो बेलाको जस्तै ठूला-ठूला महलमा 
सिंगारिएका मानिस बगैंचामा रमिरहेका छन् अत्तरको बासना छर्दै राजकीय गफै गफमा !
राखिएका  छन् टेबलमा चौरासी  व्यञ्जन, मेवा र मिस्ठान्न किस्तीभरि सजिएका 
हातमा ब्रान्डी भरिएका गिलास बोकी साउती गर्दै यताउति हिँडिरहेका। 
देशी विदेशी अति विशिष्ट पाउना  हिसाब-किताब गरिरहेका 
कसको सरकार कसरी बन्दा कसलाई के फाइदा लेखा जोखा  गरिरहेका 
घरमा, सडकमा, अस्पतालमा  जनता स्वास फेर्न नपाई तड्पी-तड्पी मरिरहेका 
यस्तै नै  पो थियो कि त्यो  अन्तिम भोजमा झिसमिसे बिहानी हुनुअघि र  पछिको अवस्था!