Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, फागुन ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

झुटो रिपोर्ट

Nmb
Nmb
रुमु न्यौपाने

रुमु न्यौपाने

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘मलाई जसरी रूवाएको छौ तिमी पनि एकदिन त्यसरी नै रूनेछौ’ जाँदा जाँदै उसले भनी।

म ऊ सँग २ वर्ष लामो सम्बन्ध तोड्दै थिएँ।

‘म जस्तो माया गर्ने जीवनसाथी तिमीले यो जुनी त के सात जुनीसम्म पनि पाउन सक्दैनौं,’ उसले रून्चे स्वरमा फेरि भनी।

अनायसै मन भारी भएर आयो। आखाँको डिलसम्म आईसकेको आँशु उसले नदेख्ने गरी पुछेर मैले मनमनै भनेँ, ‘ठिक भन्यौ उपासना, तिमी जस्तो जीवनसाथी म कहिल्यै पाउन सक्दिनँ।’  मेरो मन बेचैन भयो। बोल्ने कुरा धेरै हुँदाहुँदै पनि वाक्य फुटेन। मेरो आफ्नै वाध्यता र विवशता थिए। मैले उसलाई सुनाउन सकिनँ वा चाहिनँ।

भिजेको आँखा लिएर ऊ मेरो आँखाबाट स्कुटरको धुँवा उडाउदैं अघि बढी। मेरो सारा सपना र ईच्छा त्यहीँ स्कुटीको धुँवासँगै उडेर गयो। मेरा पाईला लड्खडाए। यस्तो लाग्यो म छिट्टै बेहोस हुँदैछु। जसोतसो घर पुगेँ। जब बाहिरी कोलाहलबाट शान्त वातावरणमा प्रस्थान गरेँ मेरो मन एकाएक कता कता हरायो। कता।

***

घरबाट लगातार विवाहको दवाव आएपछि ममि र बाबासँग म उपासनाको घर गएको थिएँ। कालीकाली हिस्सी परेकी उपासना अग्ली र आकर्षक देखिन्थी। उसलाई देख्नासाथ मन पर्‍यो।

Premier
Laxmi bank
Premier
Laxmi bank

बुवाआमाकी एक्ली र प्यारी छोरी थिई ऊ। उनको बुवा प्रतिष्ठित कम्पनीमा म्यानेजर हुनुहुन्थ्यो। केहीबेरको सन्नाटा तोड्दै बाबाले मलाई कुहिनोले हिर्काएर मेरो विचार जान्न खोज्नु भयो। मैले उपासनालाई मन पराएको भाव व्यक्त गरेँ। सबै खुशी हुनुभयो।

तर उपासना… उसलाई म मन पर्‍यो कि परेन? कसैले जान्ने चेष्टा किन गरेनन्? मैले सबैको अगाडि बडो हिम्मत बटुलेर सोधेँ। ‘उपासना जी, तपाईँको विचार के छ?’

Ncell
Ncell

मेरो प्रश्न सुनेर त्यो सानदार बैठक कोठामा उपस्थिति सबै जना यसरी हाँसे कि, मानौं मैले कुनै चुटकिला सुनाएँ।

उपासनाले भनी, ‘तिमीले यति छिटो मलाई बिर्सिसक्यौ?’

मैले उसको कुरा बुझ्नै सकिनँ। किन त्यसो भनी उसले? मैले फेरि संकोच मान्दै सोधेँ, ‘मैले कसरी चिन्नू?’ उसले फेरि हाँस्दै भनी, ‘हामी एउटै स्कूलमा पढेका हौं। फरक फरक सेक्सन थियो हाम्रो। मलाई सबैले स्कुलमा उपु भनेर बोलाउँथे याद छ?’

अहो! यतिका वर्षपछि मैले उपुलाई मेरो सामुन्ने देखेँ, तै पनि चिन्न सकिनँ।

‘म तिमीलाई स्कुलदेखि नै मनपराउथेँ। तर तिमीलाई भन्न सकिनँ। धेरैपछि तिमीलाई मैले एक हप्ता अगाडि एउटा मलमा देखेँ। मेरो आँखाले तिमीलाई चिन्न ढिलो गरेन। मैले तिमीलाई बोलाउनै लागेको थिएँ। तर तिमी मेरो आँखाबाट एकैछिनमा ओझेल भईहाल्यौ। मैले घरमा आएर ममी बुवालाई यो कुरा भनेपछि उहाँले तिमीसँग भेट्न खोज्नुभयो। अनि सबैभन्दा रोचक कुरा त यो थियो कि, तिम्रो परिवार र हाम्रो परिवारको चिनजान पहिल्यैदेखि थियो। त्यसैले यो कुरा मेरो लागि सहज भयो।’

उपासनाको यी सबै कुरा सुनिसकेपछि मेरो मन एकाएक गदगद हुन थाल्यो। जोसँग मैले मेरो बाल्यकालको अमूल्य पल बिताएको थिएँ उसैसँग मेरो सम्बन्ध गाँसिदै थियो। त्यो दिन हामीले निकै समय उपासनाको घरमा बिताएर फर्कियौं।

उपासना र म त्यसपछिका दिनमा झनैं नजिकिन थाल्यौं। यसरी नजिकियौं कि जसरी स्कुले जीवनमा नजिएका थियौं।

उपासना र मेरो विवाह एकदमै सामान्य तरिकाले भयो। विवाहपछि पनि म दिनभरी निकै व्यस्त रहन्थेँ। उपासना घरमै व्यस्त हुन्थी। त्यसो त उसलाई मैले आफ्नो अफिस निरन्तरता दिन अनुरोध गरेको थिएँ। तर उसले अरू नै केही व्यवसाय गर्ने भनेर अफिस छोडिदिई।

एक साँझ अफिसबाट घर फर्किने क्रममा धेरैपछि सुदिपको फोन आयो । मैले फोन उठाएँ, उसले भन्यो, ‘के हो यार विवाह गरेपछि हराईस् त?’

‘हैन यार, यसै यसै व्यस्त भएँ,’  मैले जवाफ दिएँ।

‘आईज हामी बनकालीतिर छौं,’ उसले भन्यो।

मैले आश्चर्यचकित भएर फेरि सोधेँ, ‘बनकालीमा के गर्छौ तिमीहरू?’

उसले फेरि मलाई कर गर्दै भन्यो, ‘पहिला यहाँ त आईज, अनि थाहा पाउँछस्।’

उसको कुरालाई धेरै नकार्न सकिनँ। यसै पनि विवाहमा नबोलाएको भनेर रिसाईरहेको थियो। त्यसैले म उसले भने अनुसार बनकाली गएँ।  तर त्यहाँ सुदिप मात्रै थिएन। ऊ सँग उस्तै अन्य पाँच युवा थिए। सबै उस्तै उमेर समूहका देखिन्थे।

एक त मैले सुदिपलाई नै चिनेको धेरै भएको छैन। त्यसमाथि उसका साथीबीच बस्न मलाई असहज भईरहेको थियो। केहीबेरपछि सुदिपले मलाई सल्किएको चुरोट दिँदै भन्यो , ‘ल यार एक सर्को तान् खुब मज्जा आउँछ।’ उसले तेर्साएको चुरोट देखेर म झसंग भएँ। मैले अहिलेसम्म चुरोट पिएको थिईनँ। मैले अलि कड्केर भनेँ, ‘नाई यार मैले अहिलेसम्म चुरोटलाई हात लगाएको छैन।’

सुदिपसँगै बसिरहेको राजनले फेरि गिज्याउँदै भन्यो, ‘विचराले अहिलेसम्म चुरोट हात लगाएको छैन रे ! लौन कसैले उसको मुखमा लगेर राखिदेउ।’ उसको कुराले मन चसक्क भयो। मैले मन नलागी नलागी चुरोट पिएँ। एक दुई हुँदै तीन सर्कोसम्म पुग्दा मलाई पनि चुरोटको धुवाँ प्यारो लाग्न थाल्यो।

त्यसपछि बनकालीमा चुरोटबाट सुरू भएको मेरो दूर्व्यसनी गाँजा, चरेसहुँदैं सिरिन्जसम्म  पुग्यो। म घर ढिलो आउन थालेँ। उपासनाले हरेक पटक म घर ढिलो आउनुको कारण सोध्थी। तर म केही जवाफ दिन्न थिएँ। ममी र बाबा आजित भईसक्नुभएको थियो मेरो बानी देखेर। यद्यपी उहाँहरूले म कुलतमा लागेको  थाहा पाईसक्नु भएको थिएन।

त्यसरात जब म बाथरूमबाट बाहिर निस्किएँ मैले उपासनाको हातमा सिरिन्ज देखेँ जुन उसले मेरो ड्रयरमा फेला पारेकी थिई। मैले आत्तिदैं उसको हातबाट सिरिन्ज खोस्ने कोशिश गरेँ। उसले अचानक मेरो गालामा थप्पड हानी। म पनि के कम मैले पनि आवेशमा आएर उसलाई एक थप्पड रन्किने गरेर हान्दा ऊ भूईँमा पछारिई।

उसको निधारमा चोट लाग्यो। त्यस रात घरमा हल्लाखल्ला भएर सबैले मेरो बारेमा थाहा पाउनुभयो। पहिलोपल्ट बाबा ममीको अगाडि आँखा उठाएर हेर्न सकिनँ। बाबा, ममी खुब रिसाउनुभयो। तर मैले कसैको परवाह नगरी घरबाट निस्केर हिँडेँ।

त्यसैदिनदेखि म कहिले कसको घर, कहिले कसको घर गएर बस्न थालेँ। साथीले पनि पैसा हुन्जेल मात्रै वास्ता गर्दा रहेछन्। जब सबै साथीले छोड्दै गए म फेरि आफ्नो बुवा आमाको शरणमा आएँ। घर आएपछि पनि बाबा ममी म सँग खासै बोल्नुभएन। म मानसिक र शारीरिक दुबै रुपमा कमजोर हुँदै गएँ।

एकदिन अचानक म ज्वरोले थलिएपछि मलाई ममी र बाबाले अस्पताल लानुभयो। एक मात्र छोराको त्यो हालत देखेर उहाँहरूको मन कति क्षतविक्षत भयो होला? अस्पतालबाट जब घर आएँ तब बाबाले भन्नुभयो, ‘तिमीले जे भन्यौं हामीले त्यही गर्‍यौं। तिमीलाई आँखामा सजाएर राखेका थियौं। तर आज बदलामा……’

बाबा यतिमै रोकिनु भयो। पछि पो रिपोर्ट हेरेपछि थाहा भयो- मलाई एड्स भएको रहेछ। म छानाबाट खसेझैं भएँ। मैले यो सब किन र कसरी भयो बुझ्नै  सकिनँ। कतै मैले प्रयोग गरेको सिरिन्जबाट त यस्तो भएको हैन? हे भगवान्! यो के भयो? के मेरो आयू छोटिदैं छ?

आज त्यहीँ खबर उपासनालाई दिएपछि ऊ रिसाएर गई। विचरा नरिसाओस् पनि कसरी? सधैभरी पीडाबाहेक केही दिन सकिनँ।

फोनको घन्टीले मलाई गालासम्म आँशु झरेको बल्ल महसुस भयो। मैले बिस्तारै फोन उठाएँ। उताबाट आवाज आयो, ‘रविनजी, म हस्पिटलबाट फोन गर्दैछु। हामी क्षमा चाहन्छौं तपाईँको र हाम्रो अर्को बिरामीको नाम एउटै भएकोले तपाईको रिपोर्ट साटिएछ। तपाईको रिपोर्ट नर्मल छ,’ यति भनेर डाक्टरले फोन राखे।

मेरो खुशीको सिमा रहेन। यस्तो लाग्यो मैले केही थप आयू उपहारको रुपमा पाएँ। मानिसलाई जतिसुकै दुःख र पीडा किन नहोस् उसलाई मृत्यूदेखि डर लाग्दोरहेछ। मैले यो खबर बाबा र ममिलाई भनेँ। धेरैपछि बाबाले मलाई आफ्नो छातिमा टाँसेर अंकमाल गर्नुभयो। मैले उहाँहरूसँग हात जोडेर माफी मागेँ।

मलाई अचानक उपासनाको याद आयो। मैले ममीलाई भनेँ, ‘ममी उपासना त मसँग रिसाएकी छे। तपाई प्लीज उसलाई सम्झाईदिनु न।’ मेरो कुरा सुनेर बाबा र ममि दुबै जना मुसुमुसु हाँस्नुभयो। उपासना पछाडि लुकेर मुसुमुसु हाँसिरहेकी थिई।

उसलाई देखेर मेरो आँखामा आँशु रोकिएन। उसले मेरो आँखाको आशु पुछ्दै भनी,‘अब सबैकुरा बिर्सेर नयाँ जीवन सुरू गरौं। तिमीलाई नयाँ जीवनले पर्खिरहेको छ। धेरैपछि घर घरजस्तो भएको थियो। मलाई त्यो झुटो रिपोर्टले निकै तनाव दियो केही समय। हामीहरू चारै जना रिपोर्ट साटिएको कुरा सम्झेर मजाले हाँस्यौं।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १०:०५
सिफारिस
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
मान्छेले मेशिन बनाएका हुन् कि मेशिनले मान्छे?
चंगाको धागो!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP