Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

यो रहर पनि...

Nmb
Nmb
सुरेन्द्र रेग्मी

सुरेन्द्र रेग्मी

जेठ ३
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

यो रहर पनि कस्तो-कस्तो
पानीको फोकाजस्तो
जहाँ पनि उठिदिने
जहिले पनि उठिदिने
अनि निमेष भरमा फुटिदिने

यो रहर पनि कस्तो-कस्तो
हावाको झोकाजस्तो
एक्कासी आउँछ
मनमा लड्डु फुटाउँछ
के-के सपना देखाउँछ
झुटको रोटी सेकाउँछ

यो रहर पनि कस्तो-कस्तो
दूधको नौनीजस्तो
अलिकति गरम के भो
पग्लेर गैगो

हिजो कसैको कविता के पढेको थिएँ
कवि बन्ने रहर लाग्यो
अस्ती नेता ज्युलाई भेटेको थिएँ
मलाई पनि नेता बन्ने रहर जाग्यो

विचार नीति सिद्धान्त होइन रहेछ
पैसा पो बलवान भएछ
जहाँ पनि पैसा नै चाहिने सबै माग्छन् मनी मनी
नसक्ने पो भए म छाडिदिन्छु अब नेता बन्ने रहर पनि
यो रहर पनि कस्तो-कस्तो
गरिबको पसिना जत्तिकै सस्तो

यो रहर पनि कस्तो-कस्तो
तरुनीको श्रृङगारजस्तो
टाढाबाट हेर्दा कति राम्रो
नजिकै पुग्दा झुत्रे झाम्रो

पैसा कमाउने रहर पनि कति साह्रो
सबैलाई धन मात्रै प्यारो
नेता, अभिनेता, व्यापारी माग्ने
सबैमा अनौठो रहर जाग्ने
मुल्लाह, काजी, पादरी, जोगी
सबका सब स्वार्थी भोगी

एउटा खुट्टा कबरमा
तर पनि शान्ति छैन मनमा
जीवनभरि कति कमायो
सबै मोजमस्ती भोगविलासमा गुमायो
आज ऊ एउटा जिउँदो लास
अझ पनि कत्रो-कत्रो आश
घिटी-घिटी गर्दैछ सास
तर पनि अझै जिउने आश

यो रहर पनि कस्तो-कस्तो
नेता ज्युको आश्वासनभन्दा पनि सस्तो
कहिल्यै पूरा गर्नै नपर्ने
जति ठूला कुरा गरे पनि काम त गर्नै नपर्ने

Ncell
Ncell

यो रहर पनि कस्तो-कस्तो
मानिसको जीवन जत्तिकै सस्तो
साँच्चै हाम्रो रहर पनि कस्तो-कस्तो
समुन्द्रको छालजस्तो
तर पनि रहरै रहरमा बाँचेको छु
मुटुमाथि ढुङ्गा राखी हाँसेको छु

मानिसको रहर पनि कस्तो-कस्तो
आफै भगवान बन्न पाए पनि हुन्थ्यो जस्तो
ओहो! हाम्रो सोच पनि कस्तो-कस्तो
जीवनको अन्तिम सत्य पनि नबुझेजस्तो
यही सत्य हो मर्नैपर्छ एकदिन
तर पनि अमरत्वको रहर लाग्छ छिनछिन

मान्छेको रहर पनि कस्तो-कस्तो
स्वार्थै स्वार्थमा रुमलिएजस्तो
साँच्चै यो रहर पनि कस्तो-कस्तो
माग्नेको कटौराजस्तो
जति दिए पनि सधैँ खाली
जिन्दगी यस्तै हो सबैले बजाऊ ताली।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:१०
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP