Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत ३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

दोषी आमा

Nmb
Nmb
आरती भट्टराई

आरती भट्टराई

जेठ ४
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

आज डाक्टरकोमा जाने दिन, अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भनेझैँ भएको छ। पहिलाको सम्झेर मन बेचैन छ।

पहिला पनि सुरुका केही महिना राम्रो थियो। तर एक बिहान एक्कासी थोरै रगत देखा पर्यो। सामान्य भन्ने ठानेकी तर तीन महिनाको भ्रूण खेर जाने रहेछ, सजिलो कसरी हुन्थ्यो? त्यसैले बेलुकासम्ममा अत्याधिक रक्तश्रावका कारण बेहोस भएकी थिएँ। झन्डै भ्रूण सँगसँगै आफ्नो समेत ज्यान गएको थियो।

त्यति मात्र कहाँ हो र? आमा बन्नु पहिल्यै बच्चासहित तुहिएका सपनाहरूले हतोत्साहित भएको समयमा आमाले विचार नपुर्याएपछि यस्तै हुन्छ भनेर दोष देखाउने समेत भेटेकी थिएँ। बिना कारण घटेको घटनाको दोष पनि व्यहोर्नु परेकाले त्यो पीडा बिर्सन धेरै समय लाग्यो।

व्यहोर्नेलाई मात्र थाहा हुन्छ त्यस्ता घटनाहरू शारीरिक साथै मानसिक रूपमा कति कष्टकर हुन्छन्! समयमै अस्पताल नपुग्दाको परिणाम के हुनसक्छ? त्यसैले पहिलाको सम्झेर डर लाग्नु स्वाभाविक छ। जानु नपरे पनि हुन्थ्यो भएको छ तर नगई पनि हुँदैन। जे हुन्छ राम्रो हुन्छ भन्दै सकारात्मक सोच राखेर बिहानै डाक्टरकोमा गएँ।

लाइनमा बस्न लाग्दा राधालाई देखेँ र छेउमा बस्दै सोधेँ, 'राधा, तिमी पनि यहाँ? कसलाई के भयो?'

उनी विस्तारै बोलिन्, 'को हुनु र? सासूआमा, के भएको थाहा छैन? धेरै डाक्टर देखाइसकेँ। केही पत्ता लाग्दैन। बाघले खान नसक्ने जीउ तीन महिनामै सुकेर त्यान्द्रो भइसक्यो। संसार मैले नै थामेकी छु भन्ने मान्छे बोल्नु पनि हुन्न, खानु पनि हुन्न। त्यसैले होलबडी चेकअप गराएको थियो। रिपोर्ट के आएछ भन्ने कौतूहलले बिहानै यता आएकी, दिउँसो नानीहरूको स्कुल मिटिङमा जानु छ। सबैतिर एक्लै भ्याउनुपर्छ।

अनि तिमीलाई के-कस्तो छ? आशा गर्छु यसपालि पहिलाजस्तो पक्कै नहोला। यस्तो बेलामा राम्ररी विचार गर। फुर्सदमा हाम्रोतिर पनि आऊ न। अरूलाई देखेपछि सासूआमालाई बोल्न कर लाग्छ। सासूआमा पहिलाको जस्तै भइदिए मलाई सजिलो हुन्थ्यो।

उहाँलाई सुधार केन्द्रमा लगेको तिमीलाई थाहै छ। हालत खराब छ। लामो समयसम्म राख्नुपर्छ भनेका छन्। सासूआमा बिरामी पर्नुको मुख्य कारण पनि त्यही हो जस्तो लाग्छ। छोरासँगै नभए बिहानको चिया पनि नखाने। बेलुका पनि रातिसम्म कुरेर बस्ने अनि आफैले खाना पस्केर दिने गर्नुहुन्थ्यो। छोरोसँगै नभएर नै होला सुर्ताएर सुकेर त्यान्द्रो भैसक्नुभयो। तर त्यसो भनेर उपचार नगराउँदा पनि नहुने।'

हाम्रो गफ नसकिँदै उनको नाम आयो। कुर्सीबाट उठ्दै 'यस्तो बेलामा विशेष केही खान मन पनि होला। खाँदै कुरा पनि गरौँला, घरमै आऊ न है' भन्दै उनी गइन्।

Ncell
Ncell

मेरो अल्ट्रासाउण्डको रिपोर्ट राम्रो आएछ। खुसी हुँदै घर गएँ अनि खाना खाएर राधाको घर जानु पर्यो भन्ने निधो गरे। राधा नभएर के भो र? चिनजान छँदैछ। राधा र म सँगसँगै पढेका मिल्ने साथी। विवाहपछि कर्म घर पनि माइतजस्तै नजिक-नजिक भयो। दुवै परिवारमा आउने जाने भइरहन्छ। दुई जीउकी भएपछि अल्छी भएर मात्र नगएकी।

आज डाक्टरले एक्सरसाइजका निम्ति सामान्य हिँडडुल गर्नु भनेका छन्। त्यसैले लगभग एक किलोमिटर जति दूरीमा रहेको राधाको घरसम्म विस्तारै हिँड्दै गएँ। घरको बन्द गेट खोलेर भित्र पसेँ। तर राधाकी सासूले माथि बार्दलीबाट नै भन्नुभयो, 'राधा त छैन नानी, तिमी किन फोन नगरी आएकी?'

मैले उहाँलाई हेरेर हाँस्दै भनेँ, 'ढोका खोल्नुस् न आमा। म भित्रै आउँछु। राधा नभए पनि तपाईं हुनुहुन्छ। केही बेर बसेर फर्किन्छु।'

'ठिकै छ, आउँछौ नै भने के भनौँ र?' भन्दै उहाँ मूलढोका खोल्न तल आउनु भयो।

उहाँलाई नजिकबाट देखेर म तीनछक्क परेँ। मान्छेको ज्यान कसरी त्यति साह्रो सुक्न सक्छ? एक बसाइमा बाघले खाइ नसक्ने त्यत्रो ठूलो ज्यान भएकी मान्छे सुकेर परालको त्यान्द्रोझैँ हुनु भएछ। शरीर पनि त्यस्तै लल्याकलुलुक, पत्याउनै गाह्रो। विचरा राधाले त्यसै पीर गरेकी होइन रहिछ। उहाँलाई देखेर उदेक लाग्यो।

आफ्नै आँखाले देखेको दृश्यमा विश्वास भएन। तर मैले उहाँको त्यस्तो अवस्थामा कुनै आश्चर्य देखाइनँ। बिरामीजस्तो हुनुहुन्छ के-कस्तो छ? पनि सोधिनँ किनकि उहाँ बिरामी हुनुहुन्छ भन्ने उहाँको अनुहार, शरीर हेरेर नै थाहा पाएँ। त्यसैले 'आमा दिउँसोको चिया खाजा खानु भो?' मात्र सोधेँ।

उहाँले अल्छी गर्दै भन्नुभयो, 'छैन बा, राधाले आमा म आउँदा ढिलो हुन्छ खानु है' भनेर टेबलमा फलफूल र चियाको थर्मस राखिदिएकी छन् तर मलाई खान मन छैन। अनि तिमीलाई चाहिँ के छ? निकै मोटाएछौ? स्वस्थ अवस्था कस्तो छ? पहिलाको गर्भ खेर नगएको भए तिम्रा पनि नानी ठूला भइसक्थे। के गर्नु? भाग्य आफ्नो-आफ्नो। यसपाला तिम्रो गर्भलाई केही नहोस्। राम्रोसँग ख्याल गर।

आमा बन्न पाउनु सौभाग्य हो। आमा बनी नानी हुर्काउनु नारी जीवनको सुन्दर पक्ष पनि हो। जीवनको यो सुन्दर पक्षलाई राम्रोसँग उपयोग गरी नारी जीवनलाई सार्थक बनाऊ। हुन त हिजोआज मलाई कसैसँग भेट्न, बोल्न मन लाग्दैन। तर तिमी चाँडै आमा बन्दैछौ। तिमीलाई दोजिया देखेर आमा भएर पनि भर्खरै मात्र आत्मानुभूति भएका मेरा अन्तर्भावना सुनाउन मन लाग्यो। मेरो आत्मालोचनाले तिम्रा सन्तानको सुन्दर भविष्य निमार्ण गर्नमा सहयोग पुग्ला भन्ने सम्झेर मात्र भन्दै छु।

मलाई हिजोआज कसैले नदेख्ने गरी अँध्यारोमा बसौँजस्तो लाग्छ। राधा घरमा नहुँदा गेट खोलेर कोही पस्छन् कि भनेर मात्रै बार्दलीमा बसेकी नभए कोठाबाहिर निस्कन समेत मन लाग्दैन। यस्तो पीरमा डुबेकी छु कि दुई वर्षअगाडि श्रीमान बित्दा पनि यति थाकेकी थिइनँ। अहिले आत्मग्लानीले क्लान्त छु। म अपराधी हुँ। तिमीलाई मेरो जीवनको ठूलो अपराध सुनाउँदैछु।

मैले आमाको सही भूमिका निभाउन सकिनँ। विवेकहीन, स्वार्थी, मतलबी आमा बनेँ। आमा भएर गर्नुपर्ने समदर्शी व्यवहार गर्न सकिनँ। आफ्नो स्वार्थका लागि अरूमाथि अत्याचार गरे। तामाका मुनाजस्ता जुम्ल्याहा नानीहरू र राधाजस्ती सोझी बुहारीमाथि मैले अन्याय गरेँ। अभिभावकको जिम्मेवारी निभाउने क्रममा म असक्षम बनेँ। अभिभावकको दायित्व पूरा गर्न नसकेकामा आफैसँग खेद छ। त्यसको पीडाले दिनरात छटपटिन्छु।

मलाई आफ्नै कर्मप्रति अफसोस छ। अहिले गल्ती स्विकारेर पनि कुनै औचित्य छैन। गुमेको समय फर्काएर ल्याउन सकिँदैन भन्ने कुराले अझ अपराधबोध गराउँछ। मेरा कारण उनीहरूको जीवनको सुन्दर समय गुम्यो। मैले ममतामा अन्धो भएर यति धेरै विवेकशून्य हुनुहुन्थ्यो। नानीहरूले उनका बाबुबाट पाउनु पर्ने माया, ममता, राधाले श्रीमानबाट पाउनु पर्ने प्रेम सबै मैले नै खोसिदिएँ। नानीहरू त साना छन् तर विचरा राधालाई समेत मेरो अपराधको ज्ञान छैन। अझ राधाले मरिहत्ते सेवा गरेको देखेर, नानीहरूले बाहिरबाट आउनेबित्तिकै आमा कस्तो छ? भनेर सोधेको सुनेर मानसिक सन्ताप हुन्छ।'

'आमा तपाईंका कुरालाई बीचमा काटेँ तर तपाईंले के नै गर्नुभएको छ र? यति धेरै अपसोच गर्नुहुन्छ? तपाईंको दोष नै के छ र?' मैले सोधेँ।

'होइन नानी, म दोषी छु। छोरालाई कुलतमा फसाएर सुधार केन्द्रसम्म पुर्याउने काम मैले नै गरेको हुँ। तर तिमीले झैँ मेरो यो दोष कसैले देख्दैनन्। त्यसैले झन् दुखी छु। ममतामा अन्धो भई उसलाई बिग्रिने मौका मैले नै दिएकी हुँ। सानो हुँदा माया ममता दिनु त ठिकै थियो तर ठूलो भएर उसका आफ्नै छोराछोरी भइसक्दा पनि उसलाई सानै देख्नु नै मेरो दोष हो। सधैँ सानु देखेर उमेरसँगै बढ्ने जिम्मेवारी सुम्पिन सकिनँ। त्यो नै मेरो ठूलो अपराध हो।

ठूलो भइस् स्वावलम्बी बन्नुपर्छ। आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने सिकाउन नसक्नु नै मेरो कमजोरी हो। आमा भएर पनि उसलाई कर्तव्य पालनको सही मार्ग देखाउन सकिनँ। बाबु हुनुको जिम्मेवारी बोध गराउन सकिनँ अनि विवाह गरेर भित्र्याएकी बुहारीलाई घर व्यवहार जिम्मा लगाउन सकिनँ। घरव्यवहारमा यहाँभन्दा ठूलो कसुर के हुन सक्छ?

घर व्यवहारको अभिभारा त लिएँ, तर अरूको मतको कदर गरिनँ। श्रीमानले छोरालाई स्वावलम्बी बन्न हौसला दिनुपर्छ भन्दा हाम्रो यत्रो सम्पत्ति उसैको हो, जे मन लाग्छ त्यही गर्छ भनेर उसलाई उन्मुक्ति दिएँ। बुहारीले 'आमा, रातिसम्म घर आउनु हुन्न। यस्तै हो भने बानी बिग्रिन्छ' भनेर सुनाउँदा उल्टै बुहारीलाई हप्काउँदै छोरो मान्छे राति बाहिर नबसेर के छोरीचेली बस्छन् त?' भन्दै राति जतिबेला जस्तो हालतमा आए पनि आफ्नै हातले ज्वाइँलाई झैँ सत्कार गरेर खाना खुवाएँ। 'धन्न आमा, मेरा लागि तपाईं नै हुनुहुन्छ' भनेर फकाउँदा मख्ख हुँदै त्यति सुन्नका लागि उसले जे गरे पनि छुट दिँदै गएँ।

सम्पत्तिले मानिसको इज्जत, मान, प्रतिष्ठा सबैथोक पाइन्छ भन्ने सम्झेकी थिएँ। त्यही घमन्डले सन्तानको हालत यस्तो बनाइदिएँ। यसमा दोष मेरो नभए कसको छ त? मैले उसले मागे जति खर्च नदिएकी भए केही दिन रिसाउँथ्यो होला तर गैरजिम्मेदार भएर हिँड्न कहाँ पाउथ्यो र? कमाउन जानु परेको भए कुलतमा लाग्ने समय नै कहाँ हुन्थ्यो र?

छोरो घुम्न जाँदा बुहारीलाई साथै लाने नियम बनाइदिएकी भए आजको दिन कहाँ देख्नुपर्थ्यो र? तर मेरो व्यवहारिक अदूरदर्शिताको परिणाम देखिहाल्यौ, आफ्नै छोरो विवेकशून्य बनाएँ। अहिले ऊ जड समान बनेको छ। आमा भई आफ्नो सन्तानलाई कर्तव्यको ज्ञान सिकाउन नसक्नु कसको दोष हो? तिमी आफै भन।

बुढेसकालमा एउटै छोराको यस्तो गति बनाएर महाभारतको युध्द पछिको धृतराष्ट्रझैँ बाचिरहेछु। अन्धो धृतराष्ट्र जसले आफ्नो पुत्र मोहका कारण महाभारतको भीषण युद्ध गरायो र युद्धपछि सबै सन्तान गुमाएको पश्चात्तापमा पिल्सियो। त्यसैगरी म पनि आफ्नै कर्मका कारण पश्चात्तापमा पिल्सिएकी छु। समयमै छोरालाई उसको परिवार जिम्मा लाएर तीर्थयात्रा जान न सकेकामा पछुताउनु बाहेक अरू केही विकल्प छैन।

मेरो परिवारलाई यो हालतमा पुर्याउने आफै हो भन्ने पश्चात्तापले गर्दा मनमा शान्ति छैन। मनको अशान्तिले नै शरीर अस्वस्थ्य छ। मनमा सन्तोष भए पो शरीर स्वस्थ हुन्छ। हिजोआज त जो आए पनि तपाईं धेरै बिरामी हुनु भएछ भन्छन्। राधाले पनि जबरजस्ती डाक्टरकहाँ लान्छिन्। शारीरिक रोग भए पो डाक्टरले जाति पार्नु? तर के गर्नु? राधा यी कुरा बुझ्दिनन्।

घरमा मेरो गर्जन जंगलको राजा सिंहको झैँ थियो। राधा अझै पनि मलाई सोही रूपमा हेर्न चाहन्छिन्। म आफ्नै कर्मका कारण भित्रभित्रै शिथिल भएको उनले पत्तो पाएकी छैनन्। मैले मेरो मनको व्यथा उनलाई सुनाएकी पनि छैन। म राधाका अघि यी कुराहरू गर्न चाहन्न। यथार्थ थाहा पाएर उनले घृणा गर्नुअघि नै मर्न चाहन्छु। नानीहरू र राधाको अपराधी बनी बाँचिरहन मन छैन। तर के गर्नु? मृत्यु पनि मेरो खटनमा छैन।'

त्यसरी भावुक हुँदै कुरा गरिरहँदा उहाँको अनुहारमा देखिने पश्चात्तापको भाव अनौठो थियो। जसलाई देखेर मलाई अत्यन्त नरमाइलो लाग्यो र भने, 'आमा, धेरै चिन्ता नलिनुहोस्। निराश नहुनुहोस्। जे भयो भइसक्यो। अन्जानमा गल्ती मान्छेबाट नै हुन्छ तर गल्तीलाई स्विकारेर अघि बढ्नु नै महनीय हो। जब मूर्खले म मूर्ख हुँ भन्ने जान्दछ दुनियाँमा त्यो जति बुद्धिमान् अरु कोही हुँदैन।

चिन्ताले चितामा पुर्याउँछ भन्छन्। तपाईंले भोग्नु परेको पीडा राधाले भोग्नु नपरोस्। यसका लागि तपाईंले बाच्नुपर्छ। तपाईंलाई केही भयो भने बरा राधा यति साना नानीसँग कसरी जीविकोपार्जन गर्लिन्? राधा र तपाईं एकअर्काको परिपूरक भएर बाच्ने समय छ। अब सबै पीडालाई भुलेर नानीहरूको अनुहार हेरेर बाँच्नुहोस्। यिनीहरुलाई कर्तव्यपरायण बनाउनमा राधालाई सहयोग गर्नुहोस्।

तपाईं आफ्नो गल्तीमा पश्चात्ताप गर्नुको साटो यी जुम्ल्याहा नानीहरूको भविष्यलाई हेरी दिनुहोस्। अरू धेरै के भनुँ? तपाईं आफूलाई अपराधी ठान्नुहुन्छ भने अपराध मुक्त हुनका लागि अब नानीहरूलाई भविष्यमा सही बाटो देखाइदिनुस्। आमा, तपाईंले जीवन बाँच्ने क्रममा अनायसै भोग्न पुगिने एउटा पाटो देखाइदिनु भयो। विवेकशील भएर समयमै छोराछोरीलाई जिम्मेवारी दिन नसक्दा आइपर्ने दुर्घटनाका विषयमा जानकारी दिनुभयो। त्यसका निम्ति धन्यवाद।'

यसरी राधाकी सासूसँग लामै कुराकानी गरेर घर फर्किएँ। तर घर पुगेर पनि मनमा शान्ति भएन। तीनै कुरालाई सोचिरहेँ। एक भुक्तभोगी आमाको जीवनको उत्तरार्धमा स्वतस्फूर्त रूपमा प्रकाशित कुरालाई गर्भवती अवस्थाकी मैले चिन्तन मनन नगरी बस्न सकिनँ। जिम्मेवारी लिने र दिने, यी दुई कुराले मानिसको जीवनमा कति महत्वपूर्ण भूमिका खेल्छ?

सही समयमा जिम्मेवारी लिन र दिन नसक्दा जीवन कतिसम्म तनावग्रस्त बन्छ? अभिभावकले सन्तान हुर्काउनुका साथसाथै सन्तानका विषयमा समयसँगै आफ्नो विवेक सही रूपमा प्रयोग गर्न नसक्दाको परिणाम के हुन्छ? कर्तव्यबोध गर्न नसक्दा सुन्दर जीवन कसरी तहसनहस हुन्छ? भन्ने विषय उहाँले गरेका कुराबाट प्रष्ट हुन्छ।

बुढेसकालमा देखा पर्ने शारीरिक अस्वस्थता, शिथिलताले मानिसलाई सताउनु स्वाभाविक हो। तर त्यसका अतिरिक्त अभिभावकत्व निर्वाह गर्ने क्रममा अनजानमै गरेको गल्तीको पश्चात्तापले उहाँलाई कति धेरै मानसिक पीडा दिएको छ? जीवनको उत्तरार्द्ध अत्यन्त सहजरूपमा सुविधा सम्पन्न बाँचेको देखिए पनि अन्तर्मनमा भएको पीडाले उहाँको सन्तोष, आनन्द सबै चुसेर उखुको खोस्टोजस्तो बनाइदिएको छ।

अरूलाई दोष दिएर पन्छिन कति सजिलो हुन्छ तर आफैले गरेको गल्तीमा उहाँ कतिसम्म विवश र लाचार हुनुहुन्छ! फेरि मानसिक पीडा कति भयकर छ जसले उहाँको सबै तागत, बल, जाँगर हरण गरेको छ। त्यत्रो ज्यान सुकेर परालको त्यान्द्रो हुनुको मुख्य कारण पनि मानसिक व्याकुलता, क्लेश नै हो।

व्यवहार गर्ने क्रममा केही न केही गल्ती कमजोरीहरू सबैले गरेका होलान्। जीवनको उत्तरार्द्धमा ती कमजोरी, गल्तीहरूको पश्चात्ताप पनि होला तर ती सबै कुराहरू प्रस्फुटन गर्नका लागि सही समय, उपयुक्त स्थान र भरपर्दो मान्छेको खाँचो हुन्छ। व्यक्तिका मनभित्र भएका कुराहरू, आन्तरिक पीडाहरूलाई छताछुल्ल पारेर पोख्नलाई पनि उपयुक्त स्थान, समय र वातावरण चाहिन्छ।

राधा भएकै दिन म त्यहाँ पुगेकी भए उहाँले ती कुराहरू सुनाउनु हुन्न थियो। जीवन जीउने क्रममा मनमा भएका सुखदुःखका भावना सबैले सबैसँग सहजरूपमा व्याख्या गर्न सक्ने वातावरण भइदिए, जीवन भोगाइको क्रममा आफूभित्र प्रस्फुटन हुने यस्ता अन्तर्वोधहरूलाई व्यवहारमा लागु गर्न सके वास्तवमै जीवन कति सुखी बन्थ्यो होला।

तर यस्ता कुराहरू खुला रूपमा सहज तरिकाले प्रस्तुत गर्न सक्ने वातारण नभएको हाम्रो समाजमा आत्मालेचना गर्ने हिम्मत कसले गर्न सक्छ र? त्यसैले सबैको जीवनको उत्तरार्ध सन्तोषमय हुन्छ भन्ने छैन। जीवन भोगाइका क्रममा स्वाभाविक लागेर गरेका कार्यका कारण जीवनको उत्तरार्द्धमा यस्तो मानसिक पीडा कसैले भोग्नु नपरोस्।

मानिस सबै कुरामा निपूर्ण हुन्छ भन्ने छैन तर पनि आमाले गरेका कर्मले सन्तानको जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्ने कुरा उहाँसँग भएको भलाकुसारीबाट पुष्टि हुन्छ। आमाको जिम्मेवारी विवेकशील भएर पूरा गर्ने कोसिस गर्छु। तिम्रो सुन्दर भविष्य मेरा कारण बर्बाद हुन दिन्न। वर्तमानमा गरेका कामहरूको आधारमा नै भविष्य निमार्ण हुन्छ।

'त्यसैले बाबु, म तिमीलाई माया गर्छु तर त्यति धेरै माया पनि गर्दिनँ जसले मेरो बुढेसकाल खेदपूर्ण बनोस्। मेरो जीवनको उत्तरार्द्ध सन्तोषजनक बनाउने वा नबनाउने भन्ने कुरा ममा निर्भर रहन्छ। बाबु, म सन्तोषपूर्ण जीवन बाच्न चाहान्छु।' पेटमा हुर्किँदै गरेको बच्चालाई पेट बाहिरबाटै सुमसुम्याउँदै मैले संकल्प गरेँ। 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:४८
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP