राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन्।
बिहीबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजक महतोलाई दिइएको हो।
बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधान अनुसार आलोपालो प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ।
केन्द्रीय पर्यवेक्षकहरूलाई मंसिर ३० गतेसम्म पर्यवेक्षकहरूको बैठकमा कागजातसहितको प्रतिवेदन लिई कार्यालय आउन निर्देशन दिइएको छ।