सरकारले मुस्ताङको कोरोला नाकास्थित नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ।
चिनियाँ सिमानानजिकै रहेको उक्त नाकामा बिहीबारदेखि सशस्त्र प्रहरी बसेको एआइजी नारायणबाबु थापाले सेतोपाटीलाई बताए। नेचुङमा २५ जना सशस्त्र प्रहरी छन्। सीमा भन्सार कार्यालयको नवनिर्मित भवनमा अस्थायी बिओपी खडा गरिएको हो।
कोरोला नाका चिनियाँ सीमासँग जोडिएको नेपालको मुख्य नाकामध्ये एक हो। चीनले आफ्नो सीमा नाकामा विशाल संरचना तयार पारिसकेको छ। नेपालले भने नाका व्यवस्थित गर्न सकेको छैन। सशस्त्र प्रहरी बसेको स्थान नेपाल-चीन सीमानादेखि ५ किमि वर छ।
सशस्त्रको अहिले बसेको बिओपी झन्डै ४ हजार ५ सय मिटर उचाइमा छ।