सेयर बजार परिसूचक नेप्से आठ दिनदेखि लगातार बढ्ने क्रममा रह्यो। यसबीच गत बुधबार र यस सोमबार दुई दिन बजार सामान्य घट्यो।
बजारको प्रवृत्ति विश्लेषण गर्ने हो भने बजार भर्खर बुलिस प्रवृत्तिमा प्रवेश गर्न लागेको जस्तो संकेत देखिन्छ। नेप्सेको रेखा चित्रमा बनेको ५० दिने र २०० दिने मुभिङ एभरेजलाई हेर्दा यस्तोको सम्भावना देखिएको छ।
अहिले ५० दिने र २०० दिने रेखा नजिकिएका छन्। यस अघिसम्म २०० दिने रेखा माथि र ५० दिने रेखा तल थियो। अब भने ५० दिने रेखा माथि लाग्न थालेको जस्तो देखिएको छ।
यदि ५० दिने रेखाले २०० दिने रेखालाई काटेर माथि लागेमा त्यो तहमा 'गोल्डन क्रसओभर' बन्छ। यसले केही समय बजार बढ्ने दरिलो संकेत गर्छ।

यदि २०० दिने रेखाले ५० दिने रेखालाई काटेर माथि लागेमा 'डेथ क्रसओभर' बनेको मानिन्छ। यसले केही समय बजार घट्ने दरिलो संकेत गर्छ। गत मंसिरको पहिलो साता नेप्सेमा 'डेथ क्रसओभर' देखिएर बियरिस प्रवृत्तिमा गएको देखिएको थियो।

नेप्से आठ दिनदेखि बढिरहँदा आइतबार र सोमबारको मैनबत्ती चित्रले भने 'डोजी स्टार' बनाएको छ।

आइतबार बजार उच्चले बढेर लामो हरियो मैनबत्ती आकृति बनेको छ। त्यस्तै, दोस्रो दिन सुरू र अन्तिम मूल्यबीच सात अंकको अन्तर रहेर सानो शरीर भएको रातो डोजी आकृति बनेको छ।
यो आकृतिको माथि र तल दुवै तर्फ लामो धागो बन्यो। डोजीले लगानीकर्तामा बजारको आगामी गति कस्तो हुने भनेर अन्योल रहेको देखाउँछ।
यसले बजार घट्न सक्ने सम्भावना देखाए पनि यो दरिलो संकेत भने होइन। मंगलबारको कारोबारले आगामी प्रवृत्ति स्पष्ट पार्न सर्नेछ। त्यसैले, यी पक्षलाई लगानीकर्ताले ध्यान दिनुपर्ने देखिन्छ।
विगत ९ दिनमा सेयर बजार बढिरहँदा कतिपय सेयरमा भने लगानीकर्ताहरूलाई राम्रो लाभ भएको देखिन्छ।
गत पुस २८ गते नेप्से ५ अंकले घटेर २६३५ मा बजार बन्द भएको थियो। घटेको त्यो बेलामा कसैले बजारमा लगानी गरेको थियो भने अहिले पनि २७१ वटा लगानी उपकरणमा नाफा छ।
यसमध्ये १४७ वटामा ५ प्रतिशतभन्दा धेरै, ६२ वटामा १० प्रतिशतभन्दा धेरै र १३ वटामा २० प्रतिशतभन्दा धेरै नाफा भएको छ।
अहिले लगानीकर्तालाई सबैभन्दा धेरै नाफा एसवाई प्यानलमा भएको छ।
पुस २८ गते यसको मूल्य १३८३ रूपैयाँ थियो। अहिले यसको मूल्य ४९.५५ प्रतिशतसम्म बढेर आइतबार अन्तिम कारोबार २०६९ रूपैयाँमा भएको छ।
त्यस्तै, सबैभन्दा नोक्सान एनआइसी एसिया ऋणपत्र २०८८ मा देखिएको छ। यसको प्रति इकाइ मूल्य ११३० रूपैयाँबाट घटेर १०७६ रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा मूल्य परिवर्तनबाट जोखिम पनि हुन सक्छ। रणनीति बनाउँदा लगानीकर्ताले यो पक्षमा पनि ध्यान दिनुपर्छ।
|
कम्पनी
|
पुस २८
|
माघ १२
|
फरक प्रतिशत
|
|
एसवाई प्यानल
|
१३८३.८
|
२०६९.६
|
४९.५५
|
|
आँखुखोला जलविद्युत
|
२००
|
२८२
|
४१
|
|
श्रीनगर एग्रोटेक
|
१११४.३
|
१५५५
|
३९.५
|
|
बन्दिपुर केबलकार
|
८६४
|
११६५
|
३४.८३
|
|
त्रिशुली जलविद्युत
|
३८३
|
५१०
|
३३.१५
|
|
ट्रेड टावर
|
८६९.८
|
१११०
|
२७.६१
|
|
श्रीइन्भेस्टमेन्ट फाइनान्स
|
४९९
|
६१६
|
२३.४४
|
|
हिमस्टार ऊर्जा
|
९३५
|
११४९
|
२२.९४
|
|
माउन्टेन हाइड्रो
|
२४२
|
२९५.९
|
२२.२७
|
|
नेपाल वयरहाउजिङ
|
८४२
|
१०२०
|
२१.१५
|
|
नारायणी डेभलपमेन्ट बैंक
|
१४०४.४
|
१७००
|
२१.०४
|
|
क्रेष्ट माइक्रोलाइफ
|
१२४०
|
१४९०
|
२०.१६
|
|
राप्ती हाइड्रो
|
२४४
|
२९२.२
|
२०.०४
|
|
कर्पोरेट डेभलपमेन्ट बैंक
|
१५६३
|
१८७३
|
१९.८९
|
|
स्वेत गंगा हाइड्रो
|
३६९.९
|
४४०.१
|
१८.९७
|
|
बरूण हाइड्रो
|
३१७
|
३७७
|
१८.९२
|
|
एनआरएन इन्फ्रास्ट्रक्चर
|
१३७२
|
१६२५
|
१८.४४
|
|
दरम खोला हाइड्रो
|
८८३
|
७८५
|
१८.४
|
|
बुद्धभूमि नेपाल हाइड्रो
|
४४७
|
५२८
|
१८.१२
|
|
युनाइटेड मोदी हाइड्रो
|
५६५.७
|
६६६.८
|
१७.८७
|