प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार साँझ प्रदेश प्रमुख सोमनाथ अधिकारीले नवनियुक्त दुई मन्त्री र मुख्यमन्त्री भीम आचार्यले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
आर्थिक मामिला तथा योजनामन्त्री तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री उत्तमकुमार बस्नेतले सपथ लिएका हुन्।
योसँगै अब मुख्यमन्त्री भीम आचार्यको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।