राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन्।
सभापति लामिछाने यसअघिको मुद्दा सम्बन्धी प्रक्रियाअन्तर्गत अदालतमा उपस्थित भएर तारिख बुझेका हुन्।
उनी कानुनी प्रक्रियाअनुसार हाजिर भई आवश्यक कागजी प्रक्रिया पूरा गरेर फर्किएका छन्।
कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको थियो।
यो पनि:
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा रविविरूद्ध पाँच करोडको बिगो, अरूको कति?