विभिन्न पाँच देशबाट नियुक्त भएर आएका राजदूतहरूले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाईओहदाको प्रमाण-पत्र बुझाएका छन्।
विभिन्न पाँच देशबाट नेपालका लागि नियुक्त भएर आएका राजदूतहरूले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाण-पत्र बुझाएका छन्।
हालै सिंगापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका लागि ती देशले नेपालका लागि राजदूत नियुक्त गरेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त पाँचै जना राजदूतहरूले बुधबार सितल निवासमा ओहदाको प्रमाण-पत्र बुझाएका हुन्।
भण्डारीले नवनियुक्त राजदूतहरूसँग छुट्टाछुट्टै समारोहका बीच ओहदाको प्रमाण-पत्र लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले प्रमाण-पत्र लिँदा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितका अधिकारीहरू उपस्थित थिए।