सरकारले जेठ ३ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको खेलकूद मन्त्री महेश्वर गहतराजले बताए।
*जेठ ३ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी सिफारिस गरिएको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने व्यवस्था छ।
* यसअघि मिति अन्यथा परेकोले सच्याइएको छ।