नेपाली कांग्रेसले क्षेत्रीय समिति बैठक गरेर राष्ट्रिय सभा र प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्षतर्फ आकांक्षी उम्मेदवारको नामावली संकलन गर्दै माथिल्ला तहहरूमा सिफारिस गर्न थालेको छ।
पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन पनि तय भएको र पुस १६ देखि वडा अधिवेशन सुरू हुने भएकोले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका काम पनि सँगसँगै क्षेत्रीय समितिहरूले अघि बढाएका छन्।
यसैक्रममा कांग्रेस गोरखाका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ कार्यसमितिले पनि आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी माथिल्ला तहमा पठाएको छ।
कांग्रेसले अहिले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तहका जनप्रतिनिधि, राष्ट्रिय सभा सांसद र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकालाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको छ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गरेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेस गोरखाले जेनजी पुस्तालाई पनि उम्मेदवारमा समेटेको छ।
क्षेत्र नम्बर १ बाट २६ वर्षीय रचन परियार प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा आकांक्षा राखेको र माथिल्लो निकायमा नाम सिफारिस गरिएको क्षेत्र नम्बर १ कार्यसमितिका एक पदाधिकारीले जानकारी दिए। परियार नेविसंघ गोरखा क्याम्पसमा आबद्ध छन्।
को को आकांक्षी छन् गोरखामा?
क्षेत्र नम्बर १ प्रत्यक्षतर्फ- चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाई, भूगोल थापा, युवराज बस्ताकोटी, पूर्णबहादुर दाहाल, डिल्लीराज तिमिल्सिना, जनार्दन अर्याल, जानुका पान्त, प्रेम खत्री, रचन परियारलगायत।
समानुपातिकतर्फ- ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, जगत बराम, परशुराम भट्ट, सन्तबहादुर गुरूङ (सन्तोष)।
राष्ट्रिय सभातर्फ क्षेत्र नम्बर १ बाट- जीवनप्रेम श्रेठ मात्रै।
क्षेत्र नम्बर २ मा;
प्रत्यक्षतर्फ- प्रकाशचन्द्र दवाडी, दीपकबाबु कँडेल, मोहनप्रकाश पोखरेल, फणिन्द्र धिताल, ओम गुरूङ, बेद काप्री, नवीन श्रेष्ठ।
समानुपातिकतर्फ- अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोज धिताल, मनकुमारी गुरुङ, ईश्वरबहादुर परियार, सलाउद्दीन मियाँ र रविकला खनाल।
राष्ट्रिय सभातर्फ- पिताम्बर बडु, अब्दुल सत्तार, हरिबहादुर घले, राजनदेव भट्ट।