नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर १ बाट फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सन्दीप रानाको नाम मात्रै सिफारिस भएको छ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि रानाको नाम मात्रै सिफारिस भएको हो।
क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि र विभित्र तहमा रहेका नेताहरूको उपस्थितिमा भएको बैठकले रामपुर नगरपालिका ७ का रानाको नाम उम्मेदवारमा सिफारिस गर्ने निर्णय गरेको हो।
राना लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष पनि हुन्।