राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर देखाउन आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
आज केन्द्रीय समिति बैठक समापन सत्रमा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘मप्रति दुराग्रह राखेर राजेन्द्र लिङ्देनलाई देखाइदिन्छु भन्ने कोही साथीहरूको मनमा छ भने आगामी निर्वाचनमा आफ्नो ठाऊँमा चुनाव जितेर देखाइदिनु, सबैभन्दा खुशी म हुनेछु।’
उनले निर्वाचन राप्रपाका लागि उर्वर रहेको पनि बताए।
‘अघिल्लो निर्वाचनमा त्यति ध्यान दिन सकिएन, आगामी निर्वाचन राप्रपाको लागि उर्वर छ, मलाई साथ दिनुहोस्, मेरो योजनामा साथ दिनुहोस्, अक्षर अक्षरमा व्यवधान खडा गरेर मलाई कसैले नअल्झाइदेओस्, अकल्पनीय परिणाम निकाल्न सकिन्छ,’ उनले भने।
संस्थापनइतर केन्द्रीय सदस्यहरूले अध्यक्ष लिङ्देनको आलोचना गरेपछि उनले यस्तो बताएका हुन्।
यो पनि: राप्रपा केन्द्रीय समिति बैठकमा गएनन् केही नेताहरू