नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
१० औं महाधिवेशनबाट आएको केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो।
११ औं महाधिवेशन उद्घाटन भइसकेको र बन्द सत्र सुरू हुन लागेको अवस्थामा एमालेले केन्द्रीय कमिटी बैठक गरेको हो।
यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव ल्याउने तयारी गरेका छन्।
उक्त प्रस्ताव आए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट नेताहरूले प्रतिवाद गर्ने तयारी गरेका छन्।
अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ पुर्याउने गरी प्रस्ताव गर्न लागेको नेताहरूको भनाइ छ।
गत भदौको विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार सानो बनाएको थियो। नेताहरू व्यवस्थापन गर्न भन्दै अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आधार बढाउन लागेका छन्।
गत शुक्रबार सचिवालय बैठकमा यसबारे छलफल भए पनि नेताहरूले पदाधिकारी र केन्द्रीय कमिटी आकार विधान महाधिवेशनले तोकेअनुसार नै कायम राख्न भनेका थिए।