नेपाली कांग्रेसका सभापति गगन थापाले 'प्रतिपक्षको निगरानी' अन्तर्गत आइतबार केन्द्रीय कार्यालय सानेपाबाट बालेन शाह नेतृत्वको रास्वपा सरकारलाई ५ प्रश्न गर्दै परिणाम खोजेका छन्।
पत्रकारहरूलाई अनधिकृत ढंगबाट सञ्चार माध्यमका कार्यालयबाट नियन्त्रणमा लिइएको प्रसंगमा सभापति थापाले भने, ‘यसका बारेमा वक्तव्य निकालेर हुँदैन, हामीलाई परिणाम चाहिन्छ। किन भयो? कसले भयो? कानुनको कसरी प्रयोग भयो? जिम्मेवार को हो? दोषी को हो? किन भयो? हामीलाई यसको जबाफ होइन, हामीलाई यसको परिणाम चाहिन्छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको राम्रो कामको श्रेय लिएको तर गलत कामको जिम्मेवारी नलिएको पनि बताएका छन्।
सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाबारे रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारलाई निर्देशन दिएको तर त्यसको जिम्मेवारी नलिएको उनको भनाइ थियो।
यस्ता छन् ५ बुँदा-
पहिलो— पत्रकारहरूको अनधिकृत ढङ्गबाट प्रेसको अफिसमा पसेर सरकारले जे कामहरू गर्यो, यो विषयका सन्दर्भमा रफादफा गर्ने कुरा हामीलाई मान्य छैन। इट इज नट एक्सेप्टेबल। हामी मान्दैनौँ। यसलाई पन्छाउने कुरा पनि मानिएको छैन, विषयान्तर गर्ने कुरा पनि मान्ने छैन। यसका बारेमा वक्तव्य निकालेर पनि हुँदैन, हामीलाई परिणाम चाहिन्छ। किन भयो? कसले भयो? कानुनको कसरी प्रयोग भयो? जिम्मेवार को हो? दोषी को हो? किन भयो? हामीलाई यसको जबाफ होइन, हामीलाई यसको परिणाम चाहिन्छ।
दोस्रो— यो कानुनको शासनलाई उल्लङ्घन गरेर स्वेच्छाचारी ढङ्गले शासन गर्ने कुरा विषयको सन्दर्भमा, हामीले यो छ-सात-आठ महिना भर्खर नयाँ आउनुभएको साथी साथीहरू हुनुहुन्छ भनेर शंकाको सुविधा दियौँ। अब हुँदैन। सरकारले प्रत्येक स्टेपमा के कुरा सुनिश्चित गर्नुपर्छ भने राज्यको कुनै पनि निकायले कानुन विपरीत काम गर्दैन भन्ने कुराको हामीलाई आश्वस्त पार्नुपर्छ, त्यो पनि एक्सनबाट। हामीले त्यसलाई महसुस गर्न पाउनुपर्छ।
तेस्रो— केही संवेदनशील विषयहरूमा जुन अनुसन्धान भइरहेको छ, यी अनुसन्धानहरूको जरासम्म पुग्नुपर्छ। जो दोषी छ, जो सुकै होस्, उसले सजाय प्राप्त गर्नुपर्छ। तर यी अनुसन्धानहरू सेलेक्टिभ हुनुहुन्न। चैनात्मक हुनुहुन्न। र त्यसका आधारमा राज्यसत्ता सञ्चालन गर्ने साथीहरूले आफ्नो अनुकुलतामा यसलाई प्रयोग गर्ने वा यसलाई दुरुपयोग गर्ने कुराहरू, यो गरिनुहुन्न।
चौथो— न्यायपालिका र संवैधानिक संस्थाहरूको स्वतन्त्रतालाई, यसको स्वच्छतालाई अक्षुण्ण राख्ने कुरालाई, यसलाई सुनिश्चित गर्ने कुराहरूको सन्दर्भमा नेपाली कांग्रेस पार्टी तयार छ। हामी यसमा सबैसँग संवाद गर्छौं, छलफल गर्छौं। यो कुनै पनि पूर्वाग्रह नराखिकन हाम्रा संस्था हरू यो कसरी बनेको छ, यसका व्यापक यसको प्रभाव, परिणाम, सबै कुरालाई हेरेर निष्पक्ष ढङ्गबाट सबैलाई एक ठाउँमा राखेर सबै विषयवस्तुको कुराकानी एक ठाउँमा राखेर यसमा छलफल, बहस गर्ने कुराहरूको अहिलेको आवश्यकता छ। हामी यसमा काम गर्न तयार छौँ।
पाँचौँ- सरकारको ध्यान, हामी फेरि पनि भन्छौँ, यत्रो विपदबाट साथीहरू घरबारविहीन हुनुभएको छ, परिवारविहीन हुनुभएको छ, सुकुम्बासीहरू चाडबाड बिजोग भएको छ। यति धेरै हाम्रो इकोनोमी लथालिङ्ग भएको छ। यस्तो बेलामा सरकारको फोकस यो विषयमा जाओस्, यी कुरामा हामी सरकार, यो यो कुरामा हामी सरकारको साथमा हुन्छौँ। नेपाली कांग्रेस पार्टी साथमा रहन्छ। हामीलाई थाहा छ यो म्यान्डेट राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षलाई सरकार चलाउने म्यान्डेट पाएको छ, हामी म्यान्डेटलाई फुल रेस्पेक्ट गर्छौं। तर यो पाँच वर्ष नेपाली कांग्रेस पार्टीलाई पनि मेन अपोजिसनको म्यान्डेट पाएको छ भन्ने कुरालाई पनि सरकारले बुझोस्, रेस्पेक्ट गरोस्।
लोकतन्त्रको विषयको सन्दर्भमा खबरदारी गर्ने काम हाम्रो, निगरानी गर्ने काम हाम्रो हो। सरकारलाई मनोमौजी हुने कुरा, सरकार जबाफदेही नहुने कुरा हाम्रो लागि स्वीकार्य छैन दौडबाट शासन गर्ने कुरा हाम्रो लागि स्वीकार्य छैन।
आज हामी यहाँ आयो, बोल्यौँ, होइन, हामीलाई भोलि सरकारले बोलाउँछ, आँखामा आँखा जुधाएर कुराकानी गरौँ, टेबलमा बसेर कुराकानी गरौँ, छलफल गरौँ, बहस गरौँ, तपाईँहरूका कुरा के छन्, म सुन्छु, प्रधानमन्त्री भन्नुहुन्छ। सरकार भन्छ, हामी त हामी कुरा गर्न पनि तयार छौँ, प्रतिवाद गर्न पनि तयार छौँ। जुन विषयमा सहकार्य गर्नुपर्ने हो, त्यो कुरा सहकार्य गर्न पनि तयार छौँ। हामी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुराकानी गर्छौं, हामी नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी अरू मागिरहेका संसद् भित्र भएका श्रम संस्कृति पार्टी लगायतका जति पनि दलभित्र संसद्मा भएको, संसद् बाहिर रहेको, प्रदेशमा रहेका अरू पार्टीहरूसँग पनि हामीले कुराकानी गर्ने निर्णय गरेका छौँ, हामी कुराकानी गर्छौं।
हाम्रो संसद् दलको नेताले संसद् भित्र भएका दलहरूसँग संवाद गर्नुहुन्छ, हामी अरूहरूसँग हामीहरू संवाद गर्छौं। हामी यही क्रममा यो, यो विषयलाई हामीले यति चिन्तित बनाएको छ कि हामी नागरिक समाजसँग पनि संवाद गर्न चाहन्छौँ। प्रेसको विषयमा संवाद गर्न चाहन्छौँ, हामी अदालतका विषयमा संवाद गर्न चाहन्छौँ, हामी संवैधानिक संस्थाहरूको अक्षुण्णताको बारेमा संवाद गर्न चाहन्छौँ, गर्नुपर्छ भन्ने समय आयो भन्ने हामीलाई लागेको छ। हामी गर्छौं। हामी नयाँ पुस्ताका साथीहरूसँग संवाद गर्न चाहन्छौँ। जस्तै एउटा, एउटा सोच राखेर भदौ २३ २४ को आन्दोलनका आफ्ना-आफ्ना मतहरू छन्।
तर भदौ २३ र २४ को, जसलाई नेपाली कांग्रेस पार्टीले जसलाई एउटा ठूलो विद्रोहको रूपमा स्वीकार गरेको छ, उसमें सचेतपूर्वक लाग्नुभएको साथी, जो अपराधी काममा होइन तर सचेतपूर्वक परिवर्तनमा लाग्नुभएको साथीहरूले जुन, जुन कुरा खोज्नुभएको हो, जुन स्वच्छता खोज्नुभएको हो, जे परिवर्तन खोज्नुभएको, ती परिवर्तन खोज्ने साथीहरूसँग हामी संवाद गर्न चाहन्छौँ।