नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ।
कांग्रेस नेता, पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोले शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक आह्वान गरेको हो।