नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री उपाध्यायको आज निधन भएको हो।
उपचारका क्रममा उनको निधन भएको हो।
कांग्रेसले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक पनि बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरिएको बताए।
उपाध्याय पूर्वशिक्षा तथा खेलकुद मन्त्री हुन्।