नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए।
पूर्वसांसद चालिसेविरूद्ध आज भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो कायम गरी उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सेतोपाटीलाई जानकारी दिए।
उनले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप छ।
चालिसे अर्थ समितिका सभापतिसमेत हुन्।
साथै उनलाई काठमाडौं क्षेत्र नम्बर ३ ले हालै प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको थियो।