सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्।
आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन्।
सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।
तस्बिरहरूः







तस्बिर : नेपाल फोटो लाइब्रेरी ।