नेकपा एमालेले ४० वर्षमुनिका युवाहरूलाई केन्द्रीय कमिटीमा ल्याउने भएको छ।
जसअनुसार अहिलेसम्म ८ जना आउने सुनिश्चित भएको छ।
सात प्रदेशबाट एक-एक जना र राजधानी प्रदेश भनेर एक जना गरी ८ जना केन्द्रीय सदस्य आउने सुनिश्चित भएको नेताहरूले जनाएका छन्।
एमालेले यसपालि प्रतिनिधि ल्याउँदा नै ४० वर्षमुनिका युवाहरूबाट पनि छुट्टै प्रतिनिधि ल्याएको थियो।
एमालेले ११ औं महाधिवेशनबाट ४० वर्षमुनिका कम्तीमा १५ जना केन्द्रीय सदस्य ल्याउने तयारी गरेको छ।
एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ।