नेकपा एमालेको ११ औं महाधिवेशनमा नेताहरू रघुवीर महासेठ र छविलाल विश्वकर्मा दुवै प्यानलका साझा उम्मेदवार हुने सम्भावना बढेको छ।
अध्यक्ष केपी शर्मा ओली समूहमा उपमहासचिव रहेका रघुवीर र छविलाललाई ईश्वर पोखरेल समूहले पनि सहयोग गर्ने तयारी गरेकोले उनीहरू साझा उम्मेदवार बन्ने सम्भावना बढेको हो।
‘रघुवीर र छविलाललाई हामी पनि सहयोग गर्ने कुरा भएको छ,’ पोखरेलनिकट एक नेताले सेतोपाटीसँग भने।