नेकपा एमालेको ११ औं महाधिवेशनमा दुई वटा समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका हुन्।
अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ।
पदाधिकारीमा दुवै पक्षमा अधिकांश पुरानै अनुहार उम्मेदवार छन् भने नयाँले पनि अवसर पाएका छन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार छन्।
उपमहासचिवमा भानुभक्त ढकाल, रघुवीर महासेठ र योगेश भट्टराई उम्मेदवार छन्।
सचिवमा धेरै जना नयाँ छन्। छविलाल विश्वकर्मा, पद्मा अर्याल र लेखराज भट्टबाहेक अरू नयाँले अवसर पाएका छन्।
खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईले सचिवमा अवसर पाएका छन्।