नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
११ औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ हुनुअघि दुवै पक्षले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका छन्।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ।
गुण्डुमा भएको छलफलबाट ओली पक्षले महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने निर्णय गरेको छ भने थापागाउँमा भएको छलफलबाट ईश्वर पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको हो।
शंकर दसौं महाधिवेशनबाट पनि महासचिव निर्वाचित भएका थिए। सुरेन्द्र पाण्डे उपाध्यक्ष निर्वाचित भएका थिए।
यो पनिः केपी ओली समूहबाट पदाधिकारीमा १९ जनाकै नाम फाइनल