नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका लागि फारम वितरण सुरू भएको छ।
सोमबार बिहान ११ बजेपछि उम्मेदवारको मनोनयन प्रयोजनका लागि फारम वितरण सुरू भएको हो।
आज दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।
उजुरी उपर छानबिन र निर्णय दिउँसो ३:१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३:१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ।
महाधिवेशनअन्तर्गत मतदान पुस १ गते हुनेछ।
एमालेको ११ औं महाधिवेशन मंसिर २९ सम्म हुने तय भएको थियो।