नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका समूहबाट अनुशासन र लेखा आयोग अध्यक्ष उम्मेदवार तय भएको छ।
अनुशासन आयोग अध्यक्षमा काशीनाथ अधिकारीको नाम तय भएको हो। यसअघिका अध्यक्ष केशव बडालले कुनै पनि पदमा उम्मेदवारी नदिने भनेर घोषणा गरिसकेका छन्।
साथै लेखा आयोग अध्यक्षमा पुष्प कँडेल उम्मेदवार तय भएका छन्। उनी ३ कार्यकाल लेखा आयोगमा रहिसकेका छन्। यी आयोगहरू २५ देखि ३१ सदस्यसम्मको बन्नेछ।
सल्लाहकार परिषद भने केन्द्रीय कमिटीले मनोनीत गर्नेछ।
निर्वाचन आयोग भने भदौकै विधान महधिवेशनबाट बनिसकेको छ। निर्वाचन आयोग अध्यक्ष विजय सुब्बा छन्।