नेकपा एमालेको ११ औं महाधिवेशनमा दुई समूहबीच पदाधिकारीमा प्रतिस्पर्धा हुने देखिएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै खडा गरेर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यद्यपि नेताहरूले प्यानल नबनाई व्यक्तिगत रूपमा प्रतिस्पर्धामा उत्रने दाबी गरेका छन्।
अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरूङ, अरूण नेपालको नाम टुंगो लागेको छ।
महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुनेछन्।
उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम मात्रै टुंगो लागेको छ।
सचिवमा कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेल उम्मेदवार टुंगो लागेको छ।