नेकपा एमालेका नेता लेखराज भट्ट उपमहासचिव पदमा लड्ने भएका छन्।
११ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।
उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो समूहमा सचिवमा उम्मेदवारी टुंगो लगाएको थियो। तर उनले सचिव पदमा नउठ्ने अडान लिए।
त्यसपछि लेखराज उपमहासचिव पदमा उठ्ने सहमति भएको छ। उपमहासचिव पदमा उठ्ने भनेका भानुभक्त ढकाल सचिव पदमा उठ्दैछन्।
अहिले भृकुटीमण्डपमा महाधिवेशनका लागि उम्मेदवारको फारम वितरण भइसकेको छ। लेखराजले उपमहासचिव पदका लागि उम्मेदवारी दिन फारम लगिसकेका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै भट्टले आफू उपमहासचिव पदमा उठ्न लागेको बताए।