नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने अडान राखेका छन्।
उनले अहिलेसम्म उम्मेदवारी फारम पनि लिएका छैनन्।
अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ। तर ज्ञवाली पनि उक्त पदका दाबेदार छन्।
महासचिव पदमा उठ्न नपाए केन्द्रीय सदस्य मात्रै हुने ज्ञवालीले निकटहरूसँग बताएका छन् र यो कुरा पार्टी नेतृत्वसँग पनि राखेका छन्।
ज्ञवाली असन्तुष्ट रहेपछि नेता विष्णु पौडेलले उनीसँग कुराकानी गरेका छन्।
एमाले महधिवेशन स्थल भृकुटीमण्डपमै ज्ञवाली र पौडेलबीच कुराकानी भइरहेको हो। उम्मेदवारी फारम लिने कक्षनजिकै उनीहरू कुराकानी गरिरहेका छन्।
साथै नेता नवीना लामाले ज्ञवालीलाई अपमान भएको बताएकी छन्। उनले भावुक हुँदै नेता ज्ञवालीलाई अपमान भएको बताएकी हुन्।