नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए।
‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकेँ,’ उनले भने।
ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा छन्।
उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओलीनिकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन्।