नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै खडा गरेर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यद्यपि नेताहरूले प्यानल नबनाई व्यक्तिगत रूपमा प्रतिस्पर्धामा उत्रने दाबी गरेका छन्।
नेकपा एमालेको ११ औं महाधिवेशनमा दुई समूहबीच पदाधिकारीमा प्रतिस्पर्धा हुने देखिएको छ।
साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ ।