नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका लागि दिइएको समय सकिएको छ।
नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।
अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो।
तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे।
ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए।
ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए। ‘उहाँले केन्द्रीय सदस्यमा मात्रै उम्मदेवारी दिनुभएको छ,’ उनले भने, ‘नेताहरूसँग संवाद भने भइरहेको छ।’
एमाले नेता पद्मा अर्यालले पनि नेता ज्ञवालीसँग नेतृत्वको संवाद भइरहेको बताएकी थिइन्।
एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले उम्मेदवारी दर्ताको समय सकिइसकेको सेतोपाटीलाई बताए।