अर्थमन्त्री स्वर्णीम वाग्लेले राजनीतिक दललाई अनुदान दिनेबारे बृहत बहस गराउने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४को बजेट भाषण गर्दै वाग्लेले राष्ट्रिय मान्यता प्राप्त दललाई उक्त व्यवस्था गर्ने बताएका हुन्।
यसका लागि बृहत राजनीतिक बहस गराउने उनले बताए।
‘राजनीतिक प्रणालीमा पारदर्शीता उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौं। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे बृहत राजनीतिक बहस गराउने छौं,’ उनले भने।
यसको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने उनले बताए।
‘यसरी उपलब्ध हुनसक्ने अनुदानको लेखापरीक्षण महालेखक परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने।