केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा बिहिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते छन्।
दुर्घटनामा १३ जना पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले सेतोपाटीलाई जानकारी दिए।
उग्रतारा मन्दिरमा लागेको जात्रामा सहभागीलाई लिएर फर्कदै गरेको से १ क २९३ नम्बरको स्कुल बस सडकबाट ३ सय मिटर तल रडुवा खोलामा खस्दा दुर्घटना भएको थियो।
१० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिए।
सनाखत भएका मृतकहरु
- डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षकाचक्र धामी
- दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
- शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
- शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
- शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
- शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर
- डोटी शिखर नगरपालिका–१० का रोहित बलायर
- ठेगाना नखुलेका माँया रावल
घाइते १३ जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते १४ जनालाई अन्यत्र रेफर गरिएको छ भने २ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
घाइतेहरू
- डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल
- कोरालखोलाका माया खड्का
- कोरालखोलाकी २० वर्षीय सुनिता रावल
- सकायलका १९ वर्षीय रमेश भुल
- सकायलका २० वर्षीय पुरन भुल
- डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर
- गन्यापधुरा गाउँपालिका–१ का ३० वर्षीय ईश्वरी दमाई
- गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा
- नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी
- डोटी, तल्लोसालका १६ वर्षीय विनोद किमाडी
- डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा
- शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर
- डोटी शिखर–१० का २९ वर्षीय सरिता बलायर
- डोटी तिलताडिका–१५ वर्षीय सोनीया रावल
- बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल
- बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर
- तल्लीसात डोटीका २१ वर्षीया हरिना बोहरा
- वनलेक डोटीका ३८ वर्षीया सावित्री धामी
- शिखर डोटीका–१७ वर्षीय रमेश धामी
गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी दिएको छ। गाडीमा ४७ जना सवार रहेको प्रहरीले जनाएको छ।