लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न जागरूक नागरिकहरूबाट सञ्चालित 'मुक्त टुँडिखेल' अभियान एघारौं सातामा प्रवेश गरेको छ।
यो साताको कार्यक्रममा आज शनिबार 'हामी नबिर्सौं' शीर्षकको तस्बिर प्रदर्शनी गरेर टुँडिखेलका पुराना सम्झना ताजा गरियो।
बिहान ९ देखि दिउँसो ३ बजेसम्म खुलामञ्चबाहिर सडकछेउ आयोजित प्रदर्शनीमा ३२ तस्बिर समेटिएका थिए। कार्यक्रममा ऐतिहासिक महत्व, विपद्को सारथी, साँघुरिँदो खुला ठाउँ- पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको सहर र आहा! क्या राम्रो काठमाडौंजस्ता विषयका तस्बिर प्रदर्शन गरिए।
यसपालिको कार्यक्रम विभिन्न युवा गतिविधिमा संलग्न समूह 'तन्नेरी चासो' सँगको सहकार्यमा गरिएको थियो।
विगतमा रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले नागरिक स्तरमा यो अभियान सुरू भएको हो।
यस्ता छन् प्रदर्शनीमा राखिएका तस्बिर:
टुँडिखेलको खुम्चिँदो स्वरूप। तस्बिर: सुनिभा कायस्थ
जंगबहादुर राणाको समयमा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर: गणेश फोटो ल्याब
१९९२ सालमा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर: एञ्जेलिका ए-स्कुमचर
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मूलन गर्न आयोजित घोषणा सभा। तस्बिर: झरेन्द्रशमशेर राणा
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मूलन गर्न आयोजित घोषणा सभा। तस्बिर: झरेन्द्रशमशेर राणा
१९९० सालको भुइँचालोमा टुँडिखेलको खरिबोटबाट राहत घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणा। तस्बिर: झरेन्द्रशमशेर राणा
उहिलेको बौद्ध। तस्बिर: जो एन्ड शु ह्यामरम्यान
२०७२ वैशाख १२ को भूकम्पपछि टुँडिखेलमा आश्रय स्थल बनाएर बसेका भूकम्प प्रभावितहरू। तस्बिर: अन्नपूर्ण पोस्ट
धरहराको आँगनमा टुँडिखेल कस्तो खुलेको! तस्बिर: श्रीधरलाल मानन्धर
अहिले खुलामञ्चमा यसरी बालुवाको थुप्रो र बसपार्क बनेको छ। तस्बिर: अनिल मण्डल
घन्टाघर अगाडि रानीपोखरी। तस्बिर: एल डिफिनब्याक
उहिलेको टुँडिखेल। तस्बिर: एलेन फ्येरब्यांक
उहिले दरबारमार्गबाट कति राम्रो हिमाल देखिन्थ्यो! तस्बिर: एलेन फ्येरब्यांक
खुला ठाउँले भरिएको उपत्यका। तस्बिर: कार्ल होस्टिका
खुला चउरमा फुटबल खेल्दै बालबालिका। तस्बिर: प्रणव खत्री
उहिलेको बागबजार। तस्बिर: डग हल
२०७२ को भुइँचालोअघि धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर: विजयलक्ष्मी चौधरी
बल्खुमा धुलाम्मे सडकमा हिँड्दै पैदल यात्रु। तस्बिर: अन्नपूर्ण पोष्ट
२०७२ वैशाख १२ को भूकम्पको परकम्पबाट जोगिन खुला ठाउँमा आश्रय लिएर बसेका भूकम्प प्रभावित बालबालिकाहरू। तस्बिर: उमा बिष्ट
पहिले खुलामञ्चमा यसरी विशाल सभा हुन्थ्यो। तस्बिर: मीनरत्न बज्राचार्य
काठमाडौं कंक्रिटको सहर। तस्बिर: अन्नपूर्ण पोष्ट
२०७२ वैशाख १२ को भूकम्पको समयमा काठमाडौंका आ-आफ्नो नजिकको खुला ठाउँमा आश्रय लिएर बस्दै मानिसहरू। तस्बिर: विकास कार्की
अहिलेको नेतृत्व जन्माउने खुलामञ्चले जनआवाज बुलन्द गर्ने ठाउँ दियो। तस्बिर: विकास रौनियार
कुनै बेला खुलामञ्चमा यस्ता सांस्कृतिक कार्यक्रमहरू हुन्थे। तस्बिर: विकास रौनियार
खुला चउरमा बसेर गफिँदै। तस्बिर: विकास रौनियार
२०७२ वैशाख १२ को भूकम्पको परकम्पबाट जोगिन एयरपोर्टको गल्फ कोर्समा अस्थायी बसोबास गर्दै काठमाडौंबासी। तस्बिर: अन्नपूर्ण पोस्ट
काठमाडौंको मरुमा टेको लगाएको साँघुरो गल्लीबाट आवतजावत गर्दै मानिसहरू। तस्बिर: जी चित्रकार
२०७२ को भूकम्पलगत्तै (टुँडिखेल) सैनिक मञ्चअगाडि जम्मा भएका मानिस। तस्बिर: सागर क्षेत्री
नक्सालमा रहेको पार्कमा बिहानीपख रमाउँदै सर्वसाधारण। तस्बिर: अन्नपूर्ण पोस्ट
सन् २००६ मा खुलामञ्चमा २ लाखको संख्यामा रहेको आमसभाका सहभागी। तस्बिर: नरेन्द्र श्रेष्ठ
शंखमूल पार्कमा आफ्नै धुनमा रमाउँदै मानिस। तस्बिर: अन्नपूर्ण पोस्ट
युएन पार्कमा टहल्दै। तस्बिर: सुनिता डंगोल
सबै तस्बिर स्रोत: अकुपाई टुँडिखेल अभियान