सिन्धुलीको गोलन्जोर गाँउपालिका ७-पलाँसेस्थित वीपी राजमार्गमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान साढे सात बजे गाडीले पैदलयात्री स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थमै मृत्यु भएको हो।
गाडीले श्रेष्ठलाई ठक्कर दिएर भागेपछि आफन्तहरूले करिब ६ घण्टा राजमार्ग अवरूद्ध गरे। अहिले पनि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको सिन्धुलीका सिडिओ जनार्दन गौतमले जानकारी दिए।
ठक्कर दिएर भाग्ने गाडीको नम्बर पनि खुल्न नसकेको सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।