काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्ना नागरिकलाई फर्काउन बसको व्यवस्था गरेको छ।
लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई फर्काउन बसको व्यवस्था गरेको हो।
'काठमाडौंलगायत विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकहरूलाई लैजान आएका बस काठमाडौं पुगेका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने।
उनका अनुसार आफ्ना नागरिकलाई घर फर्काउन भारतीय दूतावासले गृह मन्त्रालयसँग अनुमति मागेको छ।
'आजदेखि नै जान थालेको छन्,' उनले भने,'कति संख्यामा लैजान लागेको भन्ने खुलेको छैन।'