दाङको घोराहीबाट झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका वडा नं १५ निवासी ३० वर्षीय प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजेतिर छापा मार्दा ५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा प्रविण खत्री सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जिएम र २७ वर्षीय गोविन्द शाह रहेको डिएसपी खड्काले बताए।
उनीहरुको साथबाट प्रहरीले १ लाख ३७ हजार ९ सय ४० रुपैयाँ नगद, खेलिरहेको २ गड्डी तास र नखेलेको थप १० गड्डी तास बरामद भएको खड्काले बताए।
पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।