पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ।
अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो।
पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुन: सञ्चालनमा आएको छ।
पहिरो खसेपछि सडकमा लेदो र गेग्रानसमेत जमेको थियो।
करिब डेढ घन्टापछि सडक पुन: सञ्चालनमा आएको यात्रुहरूले बताएका छन्।
सडक पुन: सञ्चालनमा आएसँगै यात्रुहरू गन्तब्यमा जान पाएका छन्।